सुडानमा अर्धसैनिक बलद्वारा राष्ट्रपति भवन कब्जामा लिएको दाबी « Khabarhub

सुडानमा अर्धसैनिक बलद्वारा राष्ट्रपति भवन कब्जामा लिएको दाबी


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)ले कम्तीमा तीनवटा विमानस्थल, सेना प्रमुखको निवास र राष्ट्रपति भवनलाई आफ्नो नियन्त्रणमा लिएको बताएको छ।

एक विज्ञप्तिमार्फत उसले उत्तरी शहर मेरोवे र पश्चिममा अवस्थित एल-ओबेदका विमानस्थलहरू पनि कब्जामा लिएको बताएको छ।

शनिबार खार्तुमका धेरै भागहरूमा बन्दुक पड्केको आवाज सुनिएको थियो र प्रत्यक्षदर्शीहरूले छेउछाउका शहरहरूमा गोलीबारीको रिपोर्ट गरेका थिए।

रोयटर्सका एक पत्रकारले सडकमा तैनाथ तोप र सशस्त्र गाडीहरू देखे र सेना र आरएसएफ दुवैको मुख्यालय नजिकै भारी हतियारको गोलीको आवाज सुने।

सेनाले आरएसएफले देशका धेरै भागहरूमा भारी गोलीबारी गरेको र आफ्ना अधिकारीहरूलाई धेरै स्थानहरूमा आक्रमणको प्रयास गरेको बताएपछि द्वन्द्वको त्रास फैलिएको थियो।

आरएसएफले भने आफ्ना अधिकारीहरूलाई सेनाले आक्रमण गरेको दाबी गरेको छ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : २६ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा