अग्रता जोगाउन नसक्दा चेल्सी पराजित « Khabarhub

अग्रता जोगाउन नसक्दा चेल्सी पराजित


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी ब्राइटनसँग पराजित भएको छ । शनिबार भएको खेलमा चेल्सीलाई ब्राइटनले २–१ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो ।खेलको १३ औं मिनेटमा कोनर गल्लाघेरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ४२ औं मिनेटमा ड्यानी वेलब्याकले गोल गर्दै ब्राइटनलाई १–१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको ६९ औं मिनेटमा जुलिओ एन्सिसोले गोल गर्दै ब्राइटनलाई २–१ को जित दिलाए ।

जितसँगै २९ खेलमा ४९ अंक जोडेको ब्राइटन सातौं स्थानमा रहेको छ । भने चेल्सी ३१ खेलमा ३९ अंक जोडेर ११ औं स्थानमा छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : २५ बजे

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ

कांग्रेस विशेष महाधिवेशन : निर्वाचन समिति बन्यो

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र

शिक्षण पेसासँगै कृषिमा रमाउँदै सर्वेन्द्र

रुपन्देही– रुपन्देहीको मर्चवारी– ७ का सर्वेन्द्र यादवले शिक्षण पेसासँगै कृषिमा

अत्यधिक चिसोका कारण मुस्ताङमा विकास निर्माणको काम ठप्प

मुस्ताङ– अत्यधिक चिसोका कारण हिमाली जिल्ला मुस्ताङमा विकास निर्माण काम