सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा « Khabarhub

सुडानी अर्धसैनिक समूहद्वारा राष्ट्रपति भवन कब्जा


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – सुडानमा सशस्त्र बलका प्रतिद्वन्द्वी समूहबीचको तनाव हिंसात्मक बन्दै गएपछि सुडानी अर्धसैनिक समूह र्‍यापिड सपोर्ट फोर्सेज (आरएसएफ) ले राष्ट्रपति भवनमाथि आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ ।

प्रत्यक्षदर्शीहरूले बताएअनुसार सुडानको राजधानी खार्तूमस्थित राष्ट्रपति भवन र सेनाको मुख्यालय वरपर भीषण भिडन्त भएको छ ।

आरएसएफले एक विज्ञप्ति जारी गर्दै खार्तूम, मारवा र अल–अबैदमा रहेका विमानस्थललाई आफ्नो नियन्त्रणमा लिएको र त्यसपछि अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको दाबी गरेको छ ।

आरएसएफका अनुसार उनीहरूले आफ्नो एउटा आधार शिविरमा सेनाले अचानक आक्रमण गरेपछि प्रतिरोध गरेका थिए । यसैबीच खार्तूमस्थित ‘थिङ्क ट्याङ्क कन्फ्लुएन्स एडभाइजरी’का संस्थापक निर्देशक खोलुद खैरले सेना र आरएसएफले सत्ता सुदृढीकरणका विषयमा आफ्नो विरोधी धारणाका कारण कहिल्यै तालमेल नगरेको बताए ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  १० : ५९ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा