अमेरिकाविरुद्ध जनमोर्चाको मेची महाकाली अभियान आजदेखि « Khabarhub

अमेरिकाविरुद्ध जनमोर्चाको मेची महाकाली अभियान आजदेखि


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय जनमोर्चाले ‘अमेरिकी साम्राज्यवादका विरुद्ध मेची–महाकाली अभियान’ आज सुरु गर्दैछ ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार जेठ १५ गतेसम्म सञ्चालन हुने अभियानको आज दुई स्थानमा उद्घाटन हुँदैछ ।

अभियानको कञ्चनपुरको महेन्द्रनगर र बागलुङमा अलग अलग उद्घाटन गरिने महासचिव महासचिव मनोज भट्टले जानकारी दिए ।

उनका अनुसार महेन्द्रनगरबाट सुरु हुने अभियानको नेतृत्व महासचिव भट्टले र बाग्लुङबाट सुरु हुने अभियानको नेतृत्व उपाध्यक्ष दुर्गा पौडेलले गर्नेछिन् ।

बाग्लुङबाटै अर्को टोलीको नेतृत्व युवा नेता कृष्ण अधिकारीले र बारादेखि सुरु भएको अभियानको नेतृत्व सचिव हिमलाल पुरीले गर्ने उनले बताएका छन् ।

अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा देखिएको भन्दै जनमोर्चाले जनजागरण अभियान सञ्चालन गर्न लागेको हो।

अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लगायतका परियोजनाबाट अमेरिकाले नेपालमा आन्तरिक हस्तक्षेप बढाएको जनमोर्चाको निष्कर्ष छ ।

सो अभियानका क्रममा देशैभरी सांस्कृतिक कार्यक्रम, कोणसभा, विरोध सभा, पत्रकार सम्मेलन तथा जनभेटघाटसहित सडक अन्तर्क्रिया कार्यक्रम हुनेछन् ।

जेठ १५ गते एकै दिन बुटवल र काठमाडौँमा विशेष कार्यक्रमका साथ अभियान समापन गरिनेछ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ६ : ३० बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्