प्रधानमन्त्री प्रचण्डसहित पाँच नेता आज एउटै मञ्चमा हुने « Khabarhub

प्रधानमन्त्री प्रचण्डसहित पाँच नेता आज एउटै मञ्चमा हुने


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ५९औँ विद्यार्थी एकता दिवसको अवसरमा पाँच वामपन्थी विद्यार्थी सङ्गठनले आज विशेष कार्यक्रमको आयोजना गरेका छन्।

नेकपा माओवादीनिकट अखिल क्रान्तिकारी, नेकपा एस निकट अनेरास्ववियु, राष्ट्रिय जनमोर्चा निकट अखिल छैटौँ, नेसपा निकट समाजवादी विद्यार्थी युनियन र नेकपानिकट अखिल क्रान्तिकारीले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरेका हुन्।

राष्ट्रिय नाचघरमा मध्याह्न १२ बजे सुरु हुने कार्यक्रममा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीद्वय नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले संवोधन गर्ने तयारी छ । यसैगरी राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लव पनि सहभागी हुने अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिएका छन्।

‘विद्यार्थी दिवस र अबको बाटो’ नाम दिइएको कार्यक्रममार्फत ‘विद्यार्थीहरुमा एकताको सन्देश दिन संयुक्त कार्यक्रम गर्न लागेका छौँ।’ पराजुलीले भने, ‘पार्टी सडक र सत्तामा जहाँ भए पनि हामी सँगै छौ र सँगै हुनेछौ।’

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ८ : ०० बजे

पार्टीको विवाद अदालतमा पुनरावलोकन भइरहेको छ, धेरै टिप्पणी गर्दिनँ : देउवा

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको विवाद सर्वोच्च अदालतमा

संसद्‌ भवन परिसरमा वृक्षारोपण  

काठमाडौं– निर्माणाधीन सङ्घीय संसद्‌ परिसरमा वृक्षारोपण गरिएको छ ।  शुक्रबार

ग्यासको हाहाकार टार्न चितवनमा एकद्वार प्रणाली (तस्बिरहरू)

भरतपुर– ग्यासको हाहाकार भएपछि चितवनमा एकद्वार प्रणालीबाट वितरण थालिएको छ ।

सुकेधाराबाट इतर पक्षको घोषणा : गगन थापालाई कांग्रेसको सभापति मान्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसभित्र सभापति गगन थापा र पूर्वसभापति शेरबहादुर देउवा

गगनमाथि पूर्णबहादुरको प्रहार : अवैध विशेष महाधिवेशनबाट सभापति बने, चुनावमा आफू र पार्टीलाई खाल्डामा पारे

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन उपसभापति पूर्णबहादुर खड्काले सभापति गगन थापामाथि