भ्रष्टाचारका दोषी सबैलाई कारबाही हुनुपर्छ « Khabarhub

भ्रष्टाचारका दोषी सबैलाई कारबाही हुनुपर्छ

पार्टीमा गलत गर्ने मान्छे कांग्रेसबाट बाहिरिएका छन्


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

नेपालमा भ्रष्टाचारका धेरै ठूला काण्ड फासफुस झासझुस बनाइएका छन्। पछिल्लो समय सतहमा आएको नक्कली भुटानी शरणार्थी काण्डमा पूर्व उपप्रधान, पूर्व गृहमन्त्रीसहित उच्च पदस्थ कर्मचारी र प्रभावशाली नेता पक्राउ परेका छन्। अब यो काण्डले कस्तो रूप लिन्छ। आखिर त्यो काण्डको चुरो कुरो के हो ? यस विषयमा आधारित भएर नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश:

लहरो तान्दा पहरो गर्जिने भएपछि नेपाल प्रहरीलाई घाटा हुने वातावरण सिर्जना हुन्छ जस्तो तपाईंलाई लाग्दैन ?
२०६३ सालपछि नेपालको प्रशासनको कुरा गर्दा धेरै रिटायर भएर बसेका कार्यकर्तालाई सहज थिएन। तर यो कार्यलाई सही रूपमा नियाल्न नसकेको हो। नेपाल प्रहरीलाई खासमा खुट्टा कमाउन सक्ने स्थिति पनि छैन। तर उहाँहरूको कार्य अति नै जोखिम रहेको छ। प्रहरीको व्यावसायिकता त्यति बेला झल्कन्छ। जब मुद्दा चलाउन तथा कारबाही मुद्दामा गएर त्यसको निर्मूल गर्न सक्षम हुन्छ। प्रहरीले आफ्नो स्थानबाट राम्रो काम गरेको छ । धेरै मान्छे कठघरामा उभ्याउन सक्नु उहाँहरूको दक्षता हो। त्यसको लागि प्रहरीप्रति सम्मान छ। यो कुनै प्रक्रियामा ल्याउन सक्यो। त्यो सत्य र राम्रो कार्य हो। सबैलाई समान रूपमा कारबाही हुनु आवश्यक छ।

तपाईंको दलमा अहिले भूकम्प गएको हो ?
जसले कालो खान्छ उसले कालो नै विस्ट्याउँछ। नेपाली कांग्रेस सबैको राम्रो गर्न चाहने पार्टी हो। अहिले पछिल्लो समय पार्टीमै भूकम्प भयो भन्ने कुरा छ। तर त्यो गलत छ। पार्टीभित्र जो गलत छन्। त्यस्ता व्यक्ति नेपाली कांग्रेसबाट बाहिरिएका छन्।

तपाईंको पार्टीका धेरै नेताको राजनीति सकिँदै छ ?
यो मेरो राजनीतिक पार्टी मात्र होइन। अन्य राजनीतिक पार्टी सबैको त्यही हालत हो। जसले यो प्रकरणलाई रोक्न खोज्छ, त्यो पनि अपराधको कठघरामा रहन्छ। हिरासतमा होस वा अस्पतालमा बसे पनि कारबाहीको दायरामा रहेको मान्छे कारागारमा नै रहेको मानिन्छ। अनुसन्धानलाई कस्तो रूपमा लिएको छ। त्यसको बारेमा हामीले जानकारी गराउन सक्नुपर्ने हुन्छ। आज धेरै उत्साहित हुने अवस्था भने छैन। कानुनी प्रक्रिया अगाडि बढी रहँदा राजनीतिक दलले हस्तक्षेप गर्ने कुनै कार्य गर्नु हुँदैन। जनताले प्रश्न गर्ने ठाउँ नराखी अनुसन्धान गर्नुपर्छ।

यो प्रकरण सत्ता समीकरणको फेरबदलमा गएर नै टुंगिने हो ?
तत्कालीन नेकपाबाट माओवादीमा जाँदै गर्दा धेरै पक्षको छुटफुट भएको छ। यसमा देश लुट्ने र देश बेच्ने मान्छे रहेका थिए। यसमा पूर्व नेता भनेर जोड्न कुनै आवश्यक नै छैन। नेपाली कांग्रेस कुनै पनि हालतमा सहकार्य गरेर जाँदैन। यो सत्ता आपसमा नै नमिलेको अवस्था छ।

नेताहरूको विगतको घटना सार्वजनिक हुँदा उनीहरुमाथि हदैसम्म कारबाही हुन सक्छ भनेर कसरी विश्वास गर्ने ?
पार्टीको नेतृत्व गरेर बसेका जुनसुकै दलका नेता वा कार्यकर्ताले आम नागरिकको भरोसालाई कुल्चिएर जाँदैन जस्तो लाग्छ। हामी हाम्रो पार्टी त्यत्तिकै सकाउन दिदैनौं। एक दुई जनालाई बचाउने नाममा पार्टीलाई कसैले दाउमा राख्नका लागि यो महाभारत कालको जुवाको दाउ होइन।

तपाईंहरू दुई चार जनाले अब कांग्रेस बचाउन सक्नुहुन्छ ?
सुरुवात नै दुई चार जनाबाट हुन्छ। नेपाली कांग्रेसमा अहिले पनि भ्रष्टाचारविरुद्धको वकालत गर्ने मान्छे छन्। यो पार्टीले सुध्रिने क्रममा अगाडि बढेको छ।

एक अर्को सबै तानिने स्थिति पुग्यो भने तै चुप मै चुप भन्ने स्थिति आउँछ हो ?
सबैले खोलखाल गरेपछि देख्न बाँकी के हुन्छ ? अरूले पनि पत्याउँदैनन्। त्यसपछि अहिलेको यो कोर्सलाई निर्मूल गर्नुपर्छ। अरू धेरै प्रकरण थाहा छन्। म २४ वटा प्रकरणको उजागर गरेको व्यक्ति हुँ। जसरी ती प्रकरण ओझेलमा पारियो अहिले पनि यी केसलाई मिसमास गराउन सकिँदैन र दिनु हुँदैन।

तपाईंको दलको सरकार खासमा के हेरेर बसेको छ ? राज्यको निम्ति केही कदम चाल्न सक्दैन?
संवैधानिक निकायलाई सरकारले निर्देशन दिनसक्छ। संवैधानिक कामलाई अरूले गरेका कार्य चित्त नबुझे महाअभियोग लगाउन सकिन्छ। त्यस कारण त्यहाँ प्रेम राईहरू रहिरहन जरुरी छ। नेकपा (एमाले)को लागि प्रेम राईलाई त्यहाँ पुर्याउन जति मेहनत गरेको थियो अहिले टिकाउन पनि त्यही मेहनत गरिरहेको छ। (एभिन्युजसँगको सहकार्यमा कुसुम गौतमको प्रस्तुति) 

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १० : ५० बजे

नेकपाका ६ नेता एमालेमा प्रवेश, अध्यक्ष ओलीले गरे स्वागत

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

नवीकरणीय ऊर्जा विकासमा सहकार्य गर्न सरकार तयार : मन्त्री श्रेष्ठ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालका ठूला

पश्चिमा शक्तिले नेपाललाई चीनविरोधी अखडा र युक्रेन बनाउने षड्यन्त्र गरे : ऐन महर

काठमाडौं- तिब्बती धार्मिक नेता दलाई लामाको ९१ औँ जन्मदिन मनाउन

टीकापुर अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गर्ने फिजियोथेरापिस्ट तिवारी पक्राउ

कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा ल्याब इन्चार्जमाथि कुटपिट गरेको आरोपमा

राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बैठक सम्पन्न, कोष सञ्चालन कार्यविधि-२०८३ स्वीकृत

काठमाडौं- प्रधानमन्त्री तथा राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा