सरकारी वकिल कार्यालयमा पूर्व गृहमन्त्री खाँणको बयान सुरु « Khabarhub

सरकारी वकिल कार्यालयमा पूर्व गृहमन्त्री खाँणको बयान सुरु


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्व गृहमन्त्री बालकृष्ण खाँणको बयान सुरु भएको छ ।

बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो । गत बिहीबार पक्राउ परेका पूर्व गृहमन्त्री खाँणमाथि अनुसन्धान गर्नका लागि जिल्ला अदालत, काठमाडौँले हिजो ४ दिनको म्याद थप गरिए पछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो । 

टेकु परिसरको हिरासतमा ४ दिन देखी रहँदै आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन । उनले हिजो पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यद्यपि, सो प्रकरणमा पक्राउ परेका केशव दुलाल र सानु भण्डारीले आफ्नो बयानको क्रममा गृहमन्त्री खाँणलाई मन्त्रालयमा नै पुगेर १ करोड ४६ लाख रुपैयाँ बुझाएको प्रहरी स्रोतले यसअघि नै खुलासा गरिसकेको छ ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  ११ : ३७ बजे

अमेरिका-इरान वार्ता : ट्रम्प आशावादी, तेहरानले भन्यो- ‘भ्रामक समाचार’

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको जारी तनाव अन्त्यका

न्युयोर्क : धावनमार्गमै दमकलमा ठोक्किएर जहाज दुई टुक्रा, पाइलटको मृत्यु, ४१ घाइते

न्युयोर्क- न्युयोर्कस्थित लागार्डिया विमानस्थलमा एयर क्यानडाको एउटा विमान दमकलसँग ठोक्किँदा

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत

आज २०८२ साल चैत १० गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १० गते मंगलबार चैत