शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ : माधव नेपाल « Khabarhub

शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको छ : माधव नेपाल


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

पर्सा– एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नक्कली शरणार्थी प्रकरणमा राष्ट्रद्रोह भएको बताएका छन् । 

समाजवादी प्रेस संगठन नेपाल पर्साले सोमबार बिहान वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले यस्तो कार्यमा संलग्नलाई हदैसम्म कानुनी कारबाही हुनु पर्ने पनि बताएका छन ।

आफ्नो देशको नागरिकको पहिचान बदलेर विदेश पठाएर पैसा कमाउन प्रलोभन दिनेहरू अपराधी मात्रै होइनन्, राष्ट्रद्रोही पनि हुन,’ पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भने,  ‘देशको नै मान, सम्मान र मर्यादामा आँच पुर्‍याउनेहरुलाई कारबाही गर्न सरकारले खुट्टा कमाउनु हुदैँन्, उनीहरुलाई हदैसम्म कारबाही गर्नुपर्छ ।’ 

उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा मारिएकाहरूलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएकोमा सरकारलाई धन्यवाद पनि ज्ञापन गरेका छन् ।  ‘यस प्रकरणलाई लिएर वर्तमान सरकारले जुन तरिकाले काम गरिरहेको छ, यो कार्य र साहसिक कदमको सरहाना गर्दछु,’ उनले भने । उनले जनताको विश्वास जित्दै परिणाममुखी कार्य गर्न पनि सुझाव दिएका छन् ।

 भुटानी शरणार्थी प्रकरणमा मात्र हैन, कुनै पनि भ्रष्टाचारजन्य क्रियाकलापमा संलग्नलाई पक्राउ गरी दण्ड र सजाय दिनुपर्छ, यसमा जनता र हाम्रो पार्टीको साथ र समन्वय  र साथ सहयोग रहने नै छ । हामी सरकारको भ्रष्टाचार विरोधी अभियानको साथमा छौं र परेको खण्डमा सहयोग पनि गर्नेछौ, ’उनले भने ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १२ : ३९ बजे

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर

शशांक भन्छन्– ‘हाम्रो सभापति देउवा नै हो, पार्टी एकताबद्ध हुन्छ’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति शेरबहादुर देउवा

यातायात व्यवस्था कार्यालयद्वारा ७७ करोड ५१ लाख राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, धनगढीले गत आर्थिक वर्ष २०८२/०८३ मा

आजको कार्टुन : ‘सिंहदरबार’ कि ‘शेर दरबार’ ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निर्वतमान सभापित शेरबहादुर देउवा