टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन  « Khabarhub

टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन 


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद् सचिवालयलाई प्राप्त नभएको बताइएको छ ।

आइतबार रायमाझी पक्राउ परेपनि त्यस सम्बन्धी सूचना संसद् सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद् सचिवालय स्रोतले जनाएको छ। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसद्‌मा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ। संविधानको धारा १०३ मा संसद्‌मा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर  फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : १० बजे

बालेन सरकारको घोषणा : विद्यालय र विश्वविद्यालयबाट दलीय विद्यार्थी संगठन हटाउने

काठमाडौं – सरकारले आगामी ६० दिनभित्र देशभरका विद्यालय र विश्वविद्यालयबाट

महिलाहरूको सुरक्षा सुनिश्चित गर्न सरकारले निःशुल्क ‘ब्लु बस’ सेवा सञ्चालन गर्ने

काठमाडौं – सरकारले महिला यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न सातै प्रदेशमा

राजस्व सुधारमा सरकारको योजना : निष्क्रिय धरौटी रकम परिचालनदेखि ई-बिलिङ र १३९ कोष एकीकरणसम्म

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको

दलीय ट्रेड युनियनहरू खारेज गर्ने बालेन सरकारको घोषणा

काठमाडों – सरकारले सार्वजनिक प्रशासनमा राजनीतिक हस्तक्षेप पूर्ण रूपमा अन्त्य

भदौ २४ को घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने सरकारको निर्णय

काठमाडौं – सरकारले गत भदौ २४ गते घटेको घटनाको सत्यतथ्य