टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन  « Khabarhub

टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद्मा पुगेन 


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टोपबहादुर रायमाझी पक्राउ परेको सूचना संसद् सचिवालयलाई प्राप्त नभएको बताइएको छ ।

आइतबार रायमाझी पक्राउ परेपनि त्यस सम्बन्धी सूचना संसद् सचिवालयले औपचारिक रुपमा प्राप्त नगरेको संसद् सचिवालय स्रोतले जनाएको छ। प्रतिनिधिसभा नियमावली २०७९ अनुसार कुनै पनि सांसद पक्राउ परेपछि लगत्तै संसद्‌मा त्यसबारे सूचना दिनुपर्ने हुन्छ।

‘संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम कुनै सदस्य पक्राउ गरिएको सूचना प्राप्त भएमा सभामुखले त्यसको जानकारी सदनलाई तत्काल दिनेछ’ नियमावलीको नियम २४८ मा छ। संविधानको धारा १०३ मा संसद्‌मा बोलेको विषयका कारण सांसद पक्राउ पर्न नसक्ने तर  फौजदारी अभियोग लागेको खण्डमा भने पक्राउ गर्न बाधा नपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी पक्राउ परिसकेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा संलग्न भएको आरोप लागेपछि उनी पक्राउ परेका हुन्।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : १० बजे

झापा–५ मा ओली र बालेन भिड्ने पक्का

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले झापाका लागि आफ्ना उम्मेदवार तय गरेको

टिकट नपाए पनि विचलित छैन : झपट रावल

काठमाडौं – नेकपा (एमाले)का केन्द्रीय सदस्य झपट बहादुर रावलले पार्टीको

प्रतिनिधिसभा निर्वाचन : गोकुल बाँस्कोटालाई ओलीले दिएनन् टिकट

काठमाडौँ – नेकपा एमालेकोे आन्तरिक विवाद चर्किँदो छ । पार्टीको

रुख चुनाव चिन्हबाहेक अन्यथा कल्पना गर्न सक्दिनँ : पूर्णबहादुर खड्का

काठमाडौँ – नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रुख

ताप्लेजुङमा एमालेले क्षितिज थेबेलाई उम्मेदवार बनाउने

काठमाडौं – नेकपा एमालेले ताप्लेजुङमा युवा नेता क्षितिज थेबेलाई उम्मेदवार