प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थपियो « Khabarhub

प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थपियो


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसद् अन्तर्रगतको प्रतिनिधिसभा बैठकमा एक कार्यसूची थप भएको छ । संघीय संसद्  सचिवालयले यसअघि सार्वजनिक गरेको सम्भावित कार्यसूची भन्दा थप एक विषय थपेर नयाँ कार्यसूची सार्वजनिक गरिएको छ । 

जसअनुसार ‘संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली संसोधन समिति गठन गरियोस’ भनी समितिमा रहने माननीय सदस्यहरूको नामावली प्रस्ताव प्रस्ताव हुने भएको छ । 

प्रतिनिधिसभाको दोस्रो अधिवेशनको पाँचौ बैठक सुरु हुन लागेको छ ।  बैठक अपरान्ह १ बजे, बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने भनिएको थियो ।  यसअघि सार्वजनिक भएको कार्यसूचीमा दुईवटा मात्र बुँदा उल्लेख  थियो । 

जसअनुसार बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘भ्रष्टाचार निवारण (पहिलो संसोधन) विद्येयक २०७७ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस् भन्ने प्रस्ताव पेश गर्नेछन् । 

यसैगरी, आज सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा संविधानसभा सदस्य पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरिने महासचिव भरतराज गौतमले जानकारी दिए । 

बस्नेतको गत २०८० बैशाख २९ गते ७८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : ३१ बजे

हुलाकमार्फत करिब १० हजार नागरिकले पाए घरदैलोमै सेवा

काठमाडौं– हुलाक सेवालाई आधुनिक, प्रविधिमैत्री र नागरिकमैत्री बनाई ‘सरकारी कुरियर

बाँदर आतंकले दोलखाका किसान हैरान, मकै जोगाउन खोज्दा ज्यान जोखिममा 

दोलखा– जिल्लामा पछिल्ला दिनमा जंगली जनावर बाँदरको आतंक बढेपछि जिल्लाभरका

सरकारी वकिलको कार्यालय लैजाँदा किशोर श्रेष्ठको हातमा हतकडी (तस्बिरहरु)

काठमाडौं- म्याद थपका लागि अदालतमा उपस्थित गराउनुअघि वरिष्ठ पत्रकार किशोर

शेरबहादुरकै नेतृत्वमा पार्टीको बृहत्तर एकता हुन्छ : प्रकाशशरण महत

काठमाडौं– नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महतले शेरबहादुर देउवाकै नेतृत्वमा

हर्मुज पूर्ण रूपमा नखुलेको छैन : इरान

तेहरान– इरानले हर्मुज जलघाँटीमा अमेरिकाको ‘पूर्ण नियन्त्रण’ कायम रहेको अमेरिकी