भ्रष्टाचारविरुद्ध एमाले निकट विद्यार्थी संगठनकाे प्रदर्शन « Khabarhub

भ्रष्टाचारविरुद्ध एमाले निकट विद्यार्थी संगठनकाे प्रदर्शन


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


261
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमाले निकट युवा–विद्यार्थी संगठनले भ्रष्टाचारविरुद्ध काठमाडौँमा प्रदर्शन गरेका छन् ।

नक्कली शरणार्थी प्रकरण लगायत सबै प्रकारका भ्रष्टाचारमा संलग्नलाई कडा कारबाही गर्नुपर्ने भन्दै एमाले निकट अनेरास्ववियु तथा युवा संघले काठमाडौँको प्रदर्शनीमार्गमा प्रदर्शन गरेका हुन् ।

उनीहरूले दोषी नछुटुन्, निर्दोष नफसुन्, कुनै पनि दबाबमा भ्रष्टाचारीलाई उन्मुक्ति नदेऊ लगायतका नाराबाजी गरेका थिए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरूले माओवादी क्यान्टोन्टमेन्टमा पनि भ्रष्टाचार भएको भन्दै अनुसन्धान गर्न माग गरेका थिए । प्रदर्शनकारीले बढ्दो महँगी नियन्त्रण गर, भ्रष्टाचार अन्त्य गर, सबै खालको भ्रष्टाचारको छानबिन गर लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

भ्रष्टाचार नियन्त्रणका लागि निरन्तर खबरदारी गर्ने उनीहरूले जनाएका छन् ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १ : ४४ बजे

गृहमन्त्रीलाई महरले भने- सिलिन्डर बोकेर भाइरल हुन उद्धारमा डिस्टर्ब नगर्नुस्

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले गृहमन्त्री सुधन गुरुङलाई उद्धार अभियानको

माथिल्लो त्रिशूली-१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र

रसुवा– भोटेकोशी बाढीपछि जिल्लाका विभिन्न जलविद्युत् आयोजनाको सुरुङ इलाकामा फसेका

त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएकालाई आर्मी अस्पताल छाउनी ल्याइयो (तस्बिरहरू) 

काठमाडौं– त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट १० दिनपछि दुई जनालाई जीवित

कृष्णभीरमा ट्रयाक खोल्न थालियो

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा ट्रयाक खोल्ने काम आज

जाइरोङ नाकामा खोज–उद्धार जारी

बेइजिङ– नेपालको लाङटाङ लिरुङ हिमालमा हिमनदीको ठूलो भाग खसेपछि आएको