मधेस सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो « Khabarhub

मधेस सरकारलाई दिएको समर्थन एमालेले फिर्ता लियो


१ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेले मधेश सरकारबाट समर्थन फिर्ता लिएको छ । सोमबार साँझ समर्थन फिर्ता लिएको जानकारी एमाले संसदीय दलले लिखित रूपमा प्रदेश प्रमुख हरिशंकर मिश्रलाई गराएको हो ।

मधेश सरकारमा चार वटा मन्त्रालय सम्हाल्दै आएको एमाले गत चैत २ गते नै सरकारबाट बाहिरिए पनि सरकारलाई भने समर्थन कायमै राखेको थियो । प्रदेशको सबैभन्दा ठूलो दलको रूपमा रहेको नेकपा एमाले सरकारबाट बाहिरिएको लामो समयपछि समर्थन फिर्ता लिएको हो ।

गत पुस १० मा बनेको सात दलको गठबन्धन अनुसार एमाले केन्द्रसँगै मधेश प्रदेश सरकारमा सहभागी भएको थियो ।

प्रकाशित मिति : १ जेठ २०८०, सोमबार  १० : ०९ बजे

यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात

काठमाडाैं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

निर्वाचनमा सहभागी हुन नेता कार्यकर्तालाई शेखर कोइरालाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई सङ्कटबाट

देउवाको रिटका १० तर्क : अविश्वास प्रस्तावबिना सभापति हटाउन मिल्दैन, गगनको मान्यता खारेज होस्

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतमा दायर

एमाले बागमतीको विशेष चुनावी अभियान सुरु

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले)