दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण « Khabarhub

दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

वालिङ– स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाको सदरमुकाम अर्जुनचौपारी बजार छेउ भएर बग्ने दरौँ खोलामा ‘ट्रस ब्रिज’ निर्माण गरिएको छ । अर्जुनचौपारी–१ र २ लाई जोड्न उक्त पुल निर्माण गरिएको हो ।   

अर्जुनचौपारी बजारलाई दुई भागमा विभाजन गर्दै दरौँ खोला बगेको छ । मुख्य बजारको बीच भागमा तीन दशकअघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनेपछि ट्रस ब्रिज निर्माण गरिएको हो । झोलुङ्गे पुलमा प्रयोग गरिएको काठ कुहिएपछि दुर्घटनाको जोखिम थियो ।

 स-साना बालबालिकालाई विद्यालय जान असहज भएको थियो । ‘पुल जीर्ण बनेपछि आवतजावतमा समस्या भएको थियो’, अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले भने– ‘बजारको बीच भागमा रहेकाले लठ्ठा तानेर पुल बनाउन नमिल्ने भएपछि ‘ट्रस ब्रिज’ को डिजाइन गरी पुल निर्माण गरेका हौँ ।’ 

संघीय सरकारको २९ लाख, गाउँपालिकाको रु २० लाख र स्थानीयवासीको एक लाखको लागतमा पुल निर्माण सम्पन्न भएको हो । पुलको लम्बाइ ३२ मिटर रहेको छ । 

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १० : ०६ बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक