ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै « Khabarhub

ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

पथरी– पछिल्लो समय ड्रागन खेतीतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । खेतीमा जोड दिएपनि ड्रागन बिक्री गर्न कृषकलाई बजारको अभाव भएको छ ।

विदेशबाट आयातित ड्रागनमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न कृषकले माग गरेका छन् । ‘ड्रागन फ्रुट प्रोडक्ट एसोसिएसन नेपाल’ कोशी प्रदेशले यसबारे हालै प्रदेश स्तरीय भेला आयोजना गरेका थिए । नेपालमा उत्पादित ड्रागनले बजार नपाएको भन्दै उनीहरूको यसबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।  ड्रागन बिक्री गर्न समस्या भएको भन्दै कृषकले चिन्ता व्यक्त गरेका छन् । 

पछिल्लो समय नेपालमा ड्रागनको माग बढेसँगै ड्रागन खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ । एक पटक सुरु गरेको व्यवसायले २५ वर्षसम्म धान्ने भएपछि कृषक यो व्यवसायप्रति आकर्षित हुँदै आएका छन् । नेपालमा खुला बजार, शीत भण्डारलगायत समस्या समाधानको उपाय खोज्न व्यवसायी एकीकृत भएका छन् । 

एसोसिएसन नेपालका केन्द्रीय कोषाध्यक्ष गणेश राईले बाहिरी आयातमा रोक लगाउनुपर्ने र शीत भण्डारको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । नेपालमा व्यवसायी कृषकले ठूलो क्षेत्रमा ड्रागनको खेती गर्दै आएका छन् । यस वर्ष खेतीअनुसार फल पनि राम्रै उत्पादन भएको छ । तर बजार नभएका कारण फलले उचित मूल्य पाएको छैन । ‘कहाँ लगेर बेच्ने भनेर कृषक चिन्तित छन्’, उनले भने। 

यसरी नै फल उत्पादन भए र शीत भण्डार नभए फल बारीमै कुहिने अवस्था आउने पूर्वाञ्चल मल्टिपल एग्रिकल्चरका सञ्चालक तथा एसोसिएसनका कोशी प्रदेश अध्यक्ष जयबहादुर तामाङले बताए । अघिल्लो वर्ष फार्ममै प्रतिकिलो रु सात सय ५० मा बिक्री भएको फल यस वर्ष रु पाँच सयमा पनि बिक्री गर्न मुस्किल भएको उनको भनाइ छ । 

यसै ड्रागन खेती गर्दै आएका कृपासुर घले सबै व्यवसायी एक भएर अघि नबढे समस्या आउने बताउँछन् । ड्रागन खेती विज्ञताको कमी र औषधिसम्बन्धी ज्ञान नभएका कारण रोग लाग्ने समस्या देखिएको छ ।

साना किसानले बजार नपाएर गाउँघरमै सस्तोमै बेच्नुपर्ने समस्या छ । साना र ठूला किसान एकै ठाउँमा संगठित भई यसको विकल्प खोज्नुपर्नेमा एसोसिएसनले जोड दिएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  १० : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका