काठमाडौं महानगरले बन्द गरायो हिसान शैक्षिक मेला « Khabarhub

काठमाडौं महानगरले बन्द गरायो हिसान शैक्षिक मेला


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले बिहीबारदेखि काठमाडौंको भुकुटीमण्डपमा सुरु भएको हिसान शैक्षिक मेला बन्द गराएको छ ।

आवश्यक प्रक्रिया पुरा नगरी शैक्षिक मेला सुरु गरेको भन्दै महानगरले एक दिनका लागि मेला बन्द गराएको हो । महानगरले स्थानीय तहसँग आवश्यक समन्वय नगरेको, एसईईको नजिता प्रकाशित नहुँदै विद्यार्थी भर्ना प्रक्रिया अघि बढाएकाले मेला बन्द गराउनुपरेको जनाएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहका सचिवालयका सदस्य सस्मित पोखरेलले महानगरले कलेजका बारेमा जानकारी दिन पाउने भएपनि विद्यार्थीहरुको नाम संकलन गर्ने, विद्यार्थीहरु भर्ना गर्ने, विवरण लिने काम नगर्न भनेपनि त्यस विपरितको कार्य भएको पाइएकाले मेला बन्द गरिएको जानकारी दिए ।

मेलाको बारेमा महानगरमा विस्तृत रुपमा जानकारी आएको खण्डमा र प्रक्रिया पु¥याएर अघि बढे शुक्रबारबाट मेला आयोजना गर्न सहमति दिइने महानगरले जनाएको छ ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ४ : ४६ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका