कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट  « Khabarhub

कोशी प्रदेशले ल्यायो ३६ अर्ब २४ करोडको बजेट 


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८०-८१ का लागि बजेट सार्वजनिक गरेको छ। प्रदेशले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याएको हो ।

बिहीबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट आर्थिक मामिला मन्त्रालयको सभाहलमा प्रस्तुत गरेका हुन् ।

बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ । १ करोड वित्तीय व्यवस्थाका लागि र ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ स्थानीय तहमा वित्तीय हस्तान्तरणका लागि विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख, संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख, सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड, विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ  जुटाइएको छ ।

मुख्यमन्त्री कार्कीका अनुसार  बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ जुटाइने छ ।

बजेटमा कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ । प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र  समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।

प्रदेश सरकारले धरान उपमहानगरपालिकाको खानेपानी योजनाका लागि चार करोड रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री कार्कीले भुमिगत पानी उत्पादन र वितरण सुधारका लागि चार करोड विनियोजन गरेको जानकारी दिए ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : ०० बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी