‘बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’ « Khabarhub

‘बजेटमाथिको छलफल सार्थक बनाउनुपर्छ’


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सांसद हृदयराम थानीले बजेटमाथिको छलफललाई सार्थक बनाउन सरकार र राजनीतिक दलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेटमाथिको छलफलमा उठेका विषय सम्बोधन नहुने भएका कारण पनि छलफलमा सांसदको रुचि घटेको हुनसक्ने बताए ।

‘विनियोजन हुन्छ, पैसा छुट्टिन्छ, पैसा पर्ने ठाउँमा परिहाल्छ, हामी छलफल गर्छौँ, हृस्वदीर्घ पनि परिवर्तन हुने होइन, त्यही भएर होला आज धेरै कुर्सी खाली रहेका छन् । यसमा किन रुचि छैन’, उनले भने।

उनले छलफलमा सम्पूर्ण जनप्रतिनिधिको आकर्षण बढाउन सरकार र राजनीतिक दलले भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘सरकारले छलफललाई आकर्षणको केन्द्र बनाउने हो कि, सबै राजनीतिक दल बसेर यसको निर्क्योल निकाल्ने हो ?’, उनले भने ।

सांसद शेरबहादुर कुँवरले सांसदलाई बजेट पास गराउनेमा मात्र सीमित राखेको आभास भएको बताए । ‘बजेट निर्माण गर्दा सांसदको भूमिका हुनुपर्थ्यो, सांसदले राखेका माग जनताका माग हुन्, बजेट निर्माणमा सरकार चुकेको छ’, उनले भने ।

सांसद मानवीर राईले बजेटमाथिको छलफलमा मन्त्री उपस्थित नभएर सिङ्गो संसद्माथि बेवास्ता गरिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट विनियोजनमा प्रतिपक्षीमात्र नभई सत्तापक्षका सांसदमाथि पनि विभेद गरिएको पाइएको बताए।

सांसद गङ्गा कार्कीले सङ्घीयताको मर्मअनुसार बजेट विनियोजन हुन नसकेको बताइन् । उनले भनिन्, ‘वनसँग सम्बन्धित धेरै विषय सङ्घीय मन्त्रालयमार्फत गर्ने भनेर ल्याइएको छ, सबै विषय सङ्घमा केन्द्रित गर्दा प्रदेश र स्थानीय तहको भूमिका के भन्ने देखिएको छ ।’

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ६ : ४५ बजे

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ