'आदिपुरुष' बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र नचल्न‍े | Khabarhub Khabarhub

‘आदिपुरुष’ बाट ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटे महानगरभित्र हिन्दी चलचित्र नचल्न‍े


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा राखिएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नहटाए महानगरभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने घोषणा गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै मेयर बालेनले चलचित्रमा समावेश उक्त शब्द नेपालमा मात्र नभई भारतमा पनि सच्चिनुपर्ने अडान लिएका छन् ।

उनले यी शब्द सच्याउनका लागि तीन दिनको समय दिइएको समेत घोषणा गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’’

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ७ : ३८ बजे

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा इजलासमै फैसला पढेर सुनाउने तयारी

काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा