विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो बैठक « Khabarhub

विधान अधिवेशनको तयारी गर्न जसपाले बोलायो बैठक


३२ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – जनता समाजवादी पाटी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ । असार ९ गतेका लागि बोलाइएको बैठकमा विधान अधिवेशनको तयारीका बारेमा छलफल हुने छ ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिले विभिन्न समिति र सङ्गठनहरुले पठाएको सुझावहरु समेटेर तयार पारेको संशोधित विधानबारे छलफल हुने जसपाले जनाएको छ । केन्द्रीय समिति सदस्यहरुलाई पार्टी कार्यालयमा बिहान १० बजे उपस्थित हुन भनिएको छ ।

जसपाले असार १०, ११ र १२ गते काठमाण्डौमा विधान अधिवेशन गर्दै छ । विभिन्न समिति र सङ्गठनबाट गरी ७७८ जना प्रतिनिधिहरु विधान अधिवेशनमा सहभागि हुँदै छन्, जसमध्ये ४२३ जना केन्द्रीय समिति सदस्यहरु रहेका छन् ।

केन्द्रीय समिति विधान अधिवेशन आयोजक समिति भएकोले जसपाका यी ४२३ जना केन्द्रीय सदस्यहरु स्वतः विधान अधिवेशनका प्रतिनिधि हुने छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८०, बिहीबार  ११ : ०१ बजे

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा – बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

आठ सय ८१ थान भेप र छ लाख नगदसहित पाँच जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले ८८१ थान भेप (इलेक्ट्रोनिक चुरोट) र

एमालेका पूर्वसांसद कोइरी पक्राउ

काठमाडौं- थमन विक हत्या प्रकरणमा संलग्न नेकपा एमालेका पूर्वसांसद लक्ष्मी

‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ पारित

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकबाट ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई