आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने « Khabarhub

आज पनि बैंक तथा वित्तिय संस्था खुल्ने


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंक तथा वित्तिय संस्थाहरू आज पनि खुला रहने भएका छन् । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्वलगायतका विषयलाई ध्यानमा राख्दै शनिवार पनि बैंक तथा वित्तिय संस्था राखिने भएको हो ।

सो कार्यका लागि नेपाल राष्ट्र बैंकले यसअघि नै परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुला गरेर कारोबार गर्न निर्देशन दिएको थियो ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिबारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरे पछि गत शनिवार र आज बैंक तथा वित्तिय संस्थाहरू खुला रहने भएका हुन् ।

चालु आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : २५ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ