प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त « Khabarhub

प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

प्रिस्टिना– युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ।

यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद मार्गिम लुष्टाकुले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको मुखमा पानी फ्याके पछि संसदमा झडप भएको थियो ।

सो क्रममा एकअर्का सांसद आक्रमणमा उत्रिएपछि झडप सुरु भएको थियो । रोयटर्सका अनुसार झडप सुरु भए पछि प्रधानमन्त्री कुर्तीलाई सभाबाट बाहिर निकालिएको थियो ।

प्रधानमन्त्री अल्बिन कुर्तीले उत्तरी कोसोभोमा कडा कानुन र व्यवस्था लागू गरिरहेको बताएका छन्। यस अवधिमा प्रहरी र नयाँ अल्बेनियाई मेयरहरू पनि तैनाथ गरिएको छ।

कोसोभोका विपक्षी दलहरूले उत्तरमा कुर्तीको नीतिको आलोचना गरेका छन्। यसले प्रमुख पश्चिमी सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।

प्रहरीको समर्थनमा अल्बेनियाली मेयरको चुनाव पछि मे महिनामा यहाँ हिंसात्मक झडप भएको थियो। सर्बियालीहरूले चुनावको विरोध गर्दैै आएका थिए ।

स्थानीय सर्ब र कोसोभो प्रहरीले नेटो नेतृत्वको शान्ति सेनासँग झडपसमेत परेको थियो । सो क्रममा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यसले १९९८–९९ जस्तो द्वन्द्वको डर पैदा गर्‍यो, जसमा १० हजार भन्दा बढी मानिसहरू मारिएको घटनालाई स्मरण गराएका छन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ०९ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको