प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त « Khabarhub

प्रधानमन्त्रीको मुखमा पानी फयाँके पछि कोसोभो अझै अशान्त


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

प्रिस्टिना– युरोपेली देश कोसोभोको संसदमा भएको भीषण झडप अझै शान्त भएको छैन । विपक्षी सांसदले प्रधानमन्त्री अल्बिन कुर्तीलाई देशको उत्तरमा जातीय सर्बहरूसँग तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दा पानी फ्याँके पछि सुरु भएको राजनीतिक तनाव अझै कायमै छ।

यो घटनासँग जोडिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

कोसोभोको डेमोक्र्याटिक पार्टीका सांसद मार्गिम लुष्टाकुले सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीको मुखमा पानी फ्याके पछि संसदमा झडप भएको थियो ।

सो क्रममा एकअर्का सांसद आक्रमणमा उत्रिएपछि झडप सुरु भएको थियो । रोयटर्सका अनुसार झडप सुरु भए पछि प्रधानमन्त्री कुर्तीलाई सभाबाट बाहिर निकालिएको थियो ।

प्रधानमन्त्री अल्बिन कुर्तीले उत्तरी कोसोभोमा कडा कानुन र व्यवस्था लागू गरिरहेको बताएका छन्। यस अवधिमा प्रहरी र नयाँ अल्बेनियाई मेयरहरू पनि तैनाथ गरिएको छ।

कोसोभोका विपक्षी दलहरूले उत्तरमा कुर्तीको नीतिको आलोचना गरेका छन्। यसले प्रमुख पश्चिमी सहयोगीहरूसँगको सम्बन्धलाई तनावपूर्ण बनाएको छ।

प्रहरीको समर्थनमा अल्बेनियाली मेयरको चुनाव पछि मे महिनामा यहाँ हिंसात्मक झडप भएको थियो। सर्बियालीहरूले चुनावको विरोध गर्दैै आएका थिए ।

स्थानीय सर्ब र कोसोभो प्रहरीले नेटो नेतृत्वको शान्ति सेनासँग झडपसमेत परेको थियो । सो क्रममा ठूलो संख्यामा मानिसहरु घाइते भएका छन् । यसले १९९८–९९ जस्तो द्वन्द्वको डर पैदा गर्‍यो, जसमा १० हजार भन्दा बढी मानिसहरू मारिएको घटनालाई स्मरण गराएका छन् ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ८ : ०९ बजे

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन

शान्ति सैनिकको अदलीबदली

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको नेपाली

प्रधानमन्त्रीले प्रमुख दलका नेताहरूलाई बालुवाटार बोलाइन्

काठमाडौं- अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनको निर्वाचन

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल