भीम रावलको प्रश्न– अमेरिकी सहायक विदेश मन्त्रीसँग ठूला नेताको भेट किन ?  « Khabarhub

भीम रावलको प्रश्न– अमेरिकी सहायक विदेश मन्त्रीसँग ठूला नेताको भेट किन ? 


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका नेता भीम रावलले एमसीसी कार्यान्वयनका लागि भएको अमेरिकी चासोका बारेमा टिप्पणी गरेका छन् ।

अमेरिकी विदेश सहायक मन्त्री डोनाल्ड लुले नेपालका राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरेपछि रावलले रावलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत आफ्नो टिप्पणी सार्वजनिक गरेका हुन् ।

‘एमसीसी नेपालको हितमा नेपालकै आयोजना भएको भए त्यसलाई लिनैपर्छ भनी अमेरिकीहरूले कहिले धम्की दिने र तारन्तार कार्यान्वयनका लागि नेपाल आई सबै ठूला दलका नेतालाई भेट्नुपर्ने किन ?’ रावलको प्रश्न छ, अमेरिकी सहायक मन्त्री आउँदा प्रधानमन्त्रीदेखि ठूला दलका नेताहरूले भेटवार्ता गर्नै पर्ने कुराको रहस्य के हो ?’

सहायक विदेशमन्त्री डोनाल्डले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : ४५ बजे

चाडपर्वमा सडक अस्थायी रूपमा सञ्चालनयोग्य बनाउन आग्रह

काठमाडौं– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले बाढीपहिरोका

प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा छ वटा विधेयक प्रस्तुत गरिएको छ ।

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत