जनतासँग गरेका वाचा पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का « Khabarhub

जनतासँग गरेका वाचा पूरा गर्छौँ : उपप्रधानमन्त्री खड्का


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका वाचा पूरा गर्ने बताएका छन् । उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका वाचा पूरा गरेरै छोड्ने बताए । 

गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले आज सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए । उनले जनताको अपेक्षाअनुसार वर्तमान सरकारले काम गरिरहेको जिकिर गर्दै देशको प्रतिकूल आर्थिक अवस्थामा पनि समग्र कर्णालीका महत्वपूर्ण विकास योजना अघि बढाइएको बताए ।  

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोर लगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजना निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारीसमेत दिए। उनले २० वर्षभित्र भेरी किनारमा आधुनिक र नमूना सहर निर्माण गरेर भेरीगङ्गा उपत्यका नमूनाको आधुनिक सहर निर्माणको काम अघि बढेको उल्लेख गर्दै त्यो सहर नयाँ पुस्तालाई नासोका रुपमा हस्तान्तरण गरिने बताए ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनासँगै डोल्पादेखि सुर्खेतसम्मको भेरी किनारमा सिँचाइ, विद्युतीकरण, सडक लगायतका काम गर्ने गरेर भेरी करिडोर सिँचाइ विकास योजना लगायतका ठूला विकास योजना कार्यान्वयन भइरहेको उनको भनाइ थियो । पूर्वी सुर्खेतका लेकबेँसी, भेरीगङ्गा र गुर्भाकोट नगरपालिका तथा सिम्ता गाउँपालिकाका नागरिकहरुलाई एकीकृत सेवा पुर्‍याउने उद्देश्यले मेहलकुनामा इलाका प्रशासनसँगै मालपोत, नापी लगायतका जनतासँग प्रत्यक्ष सरोकार राख्ने कार्यालय स्थापना गरिएको उपप्रधानमन्त्री खड्काले बताए । 

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  २ : १८ बजे

गण्डकीमा घरबास : स्थानीय उत्पादनको प्रवर्द्धन, रोजगारी सिर्जना र संस्कृतिको जगेर्ना गर्दै

गण्डकी– मुलुकभित्र पहिलोपटक घरबास (होमस्टे) पर्यटनको सुरुआत भएको गण्डकी प्रदेशअन्तर्गतको

जकार्तामा कुकुर, बिरालो र चमेरोको मासु बेच्न प्रतिबन्ध

एजेन्सी– इन्डोनेसियाको राजधानी जकार्तामा रेबिज सङ्क्रमण नियन्त्रणका लागि कुकुर, बिरालो

हुम्लामा निःशुल्क आँखा शिविर : अपाङ्गता र ज्येष्ठ नागरिक लाभान्वित

सिमकोट– हुम्ला सदरमुकाम सिमकोटमा सञ्चालित निःशुल्क आँखा शिविरमा ६१२ सेवाग्राही

कांग्रेसका महाधिवेशन प्रतिनिधिहरू राष्ट्रिय सभागृहमा भेला (तस्बिरहरू) 

काठमाडौं– नेपाली कांग्रेसमा विशेष महाधिवेशन माग गरेका महाधिवेशन प्रतिनिधिहरू आज

बौद्धिक अपाङ्गता भएकी किशोरीले ‘विवाह गर्छु’ भनेर हत्ते गरेपछि…

काठमाडौं– सर नमस्कार म बोलेको (नाम मर्यादाका लागि गोप्य) ।