‘सुशासनका लागि विधि र कानुन अपरिहार्य’  « Khabarhub

‘सुशासनका लागि विधि र कानुन अपरिहार्य’ 


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले मुलुकमा सुशासनको सुनिश्चितताका लागि विधि र कानुन अपरिहार्य रहेको बताएका छन्।

मधेस प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालय जनकपुरधामले आज महोत्तरीको बर्दिबासमा आयोजना गरेको ‘बार एशोसिएसनसँग मधेस प्रदेश सरकारले बनाएका कानुनसम्बन्धी अन्तरक्रियाको उद्घाटन गर्दै प्रमुख मिश्रले कानुनी राज्यले नै सभ्य समाजको दिशाबोध दिने उल्लेख गरे । 

‘निश्चित विधि, कानुन र त्यसको कार्यान्वयनको सुनिश्चितताबिना कुनै पनि समाज सुरक्षित र मर्यादित हुन सक्दैन’, उनले भने, ‘लोकतान्त्रिक पद्धतिका लागि यो अपरिहार्य छ ।’ विधिको शासनले नै सभ्य समाज बन्ने पक्ष सबैले हृदयाङ्म गर्न आवश्यक रहेको मिश्रको भनाइ छ । 

कार्यक्रममा मधेस प्रदेश सरकार बनेयता हालसम्म ५५ ऐन जारी भएको जानकारी दिइएको छ । कानुनी व्यवस्था र यसको कार्यान्वयनको पाटोबारे निरन्तर अध्ययन, छलफल र समीक्षा आवश्यक रहेको प्रदेश प्रमुख मिश्रले औँल्याए । 

कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ता वीरेन्द्रकुमार ठाकुरले राज्यका सबै अङ्गले आफ्नो कर्तव्य र दायित्व निर्वाह गरे जनताले सुशासनको अनुभूति गर्नसक्ने उल्लेख गरे । त्यसैगरी मधेस प्रदेश सरकारका निमित्त मुख्य सचिव किशोरकुमार चौधरीले कानुन निर्माणको कुरा अभ्याससँग मेल खानुपर्ने बताए । 

कार्यक्रममा प्रदेशभित्रका उच्च सरकारी वकिल कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता, सहन्यायाधिवक्ता एवं प्रदेश र यसभित्रका सबै जिल्लाका बार एशोसिएसनका पदाधिकारी तथा सुरक्षा अधिकारीको सहभागिता छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ३ : ०४ बजे

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर

दुई मन्त्रीसँगको फोटो राख्दै बालेनले लेखे– देश बनाउने टोली

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पछिल्लो

अमेरिकाले इरान सम्झौता : रोक्का सम्पत्ति फिर्ता र ‘स्ट्रेट अफ हर्मुज’ मा स्वतन्त्र आवागमनबारे छलफल

तेहरान – अमेरिका र इरानबीच प्रस्तावित सम्झौताको अन्तिम मस्यौदामा तेहरानको

मानसरोवर कैलाशको दर्शन गर्नेको सङ्ख्या बढ्दै

हुम्ला – पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

दुनाटपरी उद्योगबाट मनग्य आम्दानी गर्दै भावना

कैलाली – धनगढी उपमहानगरपालिका–१४, फुलबारी एचगाउँकी महिला उद्यमी भावना पुलामी