'मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ'  | Khabarhub Khabarhub

‘मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको छ’ 


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

लेखनाथ– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशमा मुटुरोग अस्पताल निर्माणको पहल भइरहेको बताएका छन् । 

रोटरी क्लब अफ पोखरा अन्नपूर्णको १८औँ पदस्थापन समारोहमा मुख्यमन्त्री पाण्डेले मुटु रोगका कारण धेरै नागरिकले ज्यान गुमाउनु परेकाले उनहिरुको समयमै उपचार गर्न सरकारले अस्पताल निर्माणको तयारी गरिरहेको बताए। सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भइरहेको उल्लेख गर्दै उनले यस कार्यमा विदेशीसँग जोडिएका रोटरियनको पनि सहयोग आवश्यक पर्ने बताए। 

‘गण्डकी प्रदेशको नीति तथा योजनामा प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने समावेश गरिएको छ । अस्पताल बनाउनका लागि आवश्यक पर्ने रकम प्रदेश सरकारसँग नहुँदा दाता खोजिरहेका छौँ’, मुख्यमन्त्री पाण्डेले भने, ‘भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लबको सहयोग आवश्यक छ ।’

मुख्यमन्त्री पाण्डेले सबै काम सरकारले गर्छ भन्ने भावना त्यागी समाजसेवा गर्दै देशलाई समृद्धितर्फ अगाडि बढाउन निजी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको संयुक्त प्रयास आवश्यक भएको बताए । ‘सञ्चार र प्रविधिमा हामी धेरै अगाडि बढ्यौँ तर विकास र समृद्धिमा त्यति प्रगति हुन सकेको छैन’, उनले भने, ‘नकरात्मक त्यागेर सकारात्मक सोच लिएर अगाडि बढ्न जरुरी छ ।’  युवा शक्तिलाई विदेश जान रोक्नका लागि स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्नुपर्ने उनको भनाइ थियो ।

रोटरी क्लबका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले मुलुकमा अप्ठ्यारो परेको बेला क्लबले मानवीय सहयोग गर्दै आएको जिकिर गर्दै गण्डकी प्रदेश सरकारसँग हातेमालो गरी अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले क्लबले शिक्षा, स्वास्थ्य, भूकम्प, बाढीपहिरोमा परेका व्यक्तिलाई सहयोग गरिरहेको उल्लेख गर्दै मुटुरोग अस्पताल निर्माणका लागि पनि आवश्यक सहयोग गर्ने आश्वासन दिए। 

कार्यक्रममा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नाका साथै क्लबमा योगदान गर्ने विभिन्न व्यक्तिलाई सम्मान गरिएको क्लबका अध्यक्ष तोयाबहादुर भट्टराईले जानकारी दिए ।  

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ०९ बजे

प्रहरीको वान्टेड सूचीमा रहेका जसपा नेता यादवले भने- भागेको छैन, छोराको उपचार गराउँदै छु

जनकपुरधाम– सर्लाही प्रहरीले वान्टेड सूचीमा राखेका जनता समाजवादी पार्टी (जसपा)

सत्र लाख मूल्यको भन्सार छलीको सामान बरामद

धरान– सुनसरीमा भन्सार छली गरी ल्याइएको १७ लाख रुपैयाँ भन्दा

प्राप्त उपलब्धि र अधिकार संस्थागत गर्न कांग्रेसलाई `वेल मेनेज´ गरौँ : प्रकाशमान सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्राप्त उपलब्धि र अधिकार

प्रधानमन्त्री ओलीसँग ‘वाकयुद्ध’ गरिरहेका बालेनले किन भेटे पूर्वराष्ट्रपति भण्डारीलाई ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँगको सम्बन्ध बिग्रिएर आगामी आर्थिक वर्ष

जाजरकोटमा डिभिजन वन कार्यालय प्रमुख कार्यकक्षमै कुटिए 

सुर्खेत– जाजरकोटमा डिभिजन वन कार्यालयका प्रमुख माथि कार्यकक्षमै आक्रमण भएको