विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह | Khabarhub Khabarhub

विवाद समाधानका लागि सहमतिमा आउन भारतलाई चीनको आग्रह


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनका एक जना वरिष्ठ कूटनीतिज्ञले भारतलाई सीमा विवाद समाधानका निम्ति सहमतिमा आउन आह्वान गरेका छन् । 

दक्षिणपूर्वी एसियाली मुलुकहरूको संगठन (आसियान) का विदेशमन्त्रीहरूको बैठकको सिलसिलामा जकार्तामा रहेका चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यीले भारतका विदेशमन्त्री सुब्रमण्यम जयशंकरसँग शुक्रबार भएको भेटमा साझा हितमा ध्यान केन्द्रित गर्न आह्वान गरेका हुन् । 

 एसियाको सबैभन्दा धेरै जनसङ्ख्या भएका छिमेकीबीचको सीमा तनावलाई कम गर्न वरिष्ठ कूटनीतिज्ञ वाङले सहमतिमा आउन भारतलाई आग्रह गरेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ ।

वरियतामा चिनियाँ विदेशमन्त्रीभन्दा माथि रहेका चीनका उच्च कूटनीतिज्ञ वाङले दुई पक्षले एकअर्कालाई शङ्का गर्नुको सट्टा एक अर्कालाई समर्थन गर्नुपर्नेमा जोड दिएका थिए । चीन र भारतको साझा हित आपसी मतभिन्नता भन्दा अधिक रहेकाले सहमतिमा आउन भारतलाई आह्वान नेता वाङले आग्रह गरेकाे चिनियाँ विदेश मन्त्रालयले एक विज्ञप्तिमा जनाएको छ । 

भारत र चीनबीचको सम्बन्ध हालैका महिनामा  सीमानालाई लिएर बिग्रिएको छ । भिसा विवादमा दुई पक्षले एकअर्काका लगभग सबै पत्रकारहरूलाई निष्कासन गरेका छन् । भारत र उसको उत्तरी भाग लद्दाख क्षेत्रको सीमाङ्कन स्पष्ट नहुँदा सैन्य झडप र अवरोध हुँदै आएको छ । दुवै देश ‘सकेसम्म चाँडो’ सीमा विवाद सैन्य कमान्डर तहको अर्को चरणको वार्ता गर्न सहमत भएका मन्त्रालयको विज्ञप्तिमा भनिएको छ

बेइजिङले भारतको अरुणाचल प्रदेशलाई पनि तिब्बतको भूभाग भएको दाबी गर्दै आएको छ भने कश्मीरलाई विवादित क्षेत्र मानेको छ । दुवै मुलुकबीचको चिसो सम्बन्धका बाबजुद चीन भारतको दोस्रो ठूलो व्यापार साझेदार हो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ४ : ५८ बजे

प्रदेश आमसञ्चार विधेयकबारे सरोकार भएकाहरूका चासोप्रति गम्भीर छौँ : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ‘कोशी प्रदेश आमसञ्चार

राहुल गान्धीको आरोप – भारतमा चुनावको मिति भाजपाले तोक्ने गरेको छ

एजेन्सी – भारतीय कांग्रेसका नेता तथा लोकसभाका प्रमुख प्रतिपक्षी नेता

म्यानमाको राखिनमा हवाई आक्रमण, १२ जनाको मृत्यु

एजेन्सी – म्यानमाको पश्चिमी राखिन राज्य अन्तर्गतको मराउक यू नगरमा

गुडिरहेको अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते

नवलपरासी – देवचुली नगरपालिका-६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा