दक्षिण कोरियामा बाढीका कारण २२ जनाको मृत्यु | Khabarhub Khabarhub

दक्षिण कोरियामा बाढीका कारण २२ जनाको मृत्यु


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सियोल दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।

दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ ।  बर्षाका कारण व्यापक बाढी र पहिरो निम्त्याएको छ । 

भारी वर्षाका कारण यहाँको एक प्रमुख बाँधको माथिल्लो भागमा पानीको सतह चढेको छ । गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १४ जना हराइरहेका छन् ।

बाढीका कारण मृत्यु हुने १६ जना र बेपत्ता नौ जनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् । यहाँ मुख्य कारण पहाडी क्षेत्रमा आएको ठूलो पहिरोका कारण घरभित्र रहेका मानिसहरू पुरिएका छन् । 

योन्हाप समाचार संस्थालाई एक आपतकालीन उद्धारकर्ताले बताएअनुसार अति प्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए ।  गोसान बाँधमा पानीको बहाव बढ्न थालेपछि गोसान काउन्टीका छ हजार ४०० भन्दा बढी बासिन्दालाई शनिबार बिहानै खाली गर्न आदेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।

उत्तरी ग्योङसाङ प्रान्तमा वर्षा र बाढीका कारण बेपत्ता भएकामध्ये अधिकांशलाई नदीले बगाएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ६ : ३० बजे

कूटनीतिक अधिकारीहरूसँग कन्सुल विभागको छलफल

काठमाडौं– कन्सुलर सेवा विभागले नेपालस्थित एसियाली विकास बैंक, संयुक्त राष्ट्रसङ्घ

के हो प्रसव फिस्टुला ?

लामो र कठिन सुत्केरी व्यथापछि महिलाको योनीमार्गबाट लगातार पिसाब, दिसा

कोशीलगायत पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

जोमसोम–कागबेनी सडक कालोपत्र सुरु

म्याग्दी– मुस्ताङको सदरमुकाम जोमसोमदेखि धार्मिक पर्यटकीयस्थल वारागुुङ मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र