नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री  « Khabarhub

नयाँ दल धेरै दिन टिक्ने छैनन् : अर्थमन्त्री 


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ दलहरू आइरहेको र ती दलहरू नटिक्ने बताएका छन्।

शनिबार कांग्रेसनिकट तमु संघ बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै अर्थमन्त्री महतले नयाँ दलहरू आइरहेको र ती दल नटिक्ने बताएका हुन्।

अहिले नयाँ-नयाँ प्रवृत्ति आइरहेको उनको भनाइ छ। ‘यिनीहरूले केही गर्दैनन्। अब हामी गर्छौँ भनेर आएका छन्। टिक्दैनन्। हामी दुःखमा, सुखमा, दशौं वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अप्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस,’ उनले भने।

यस्तै, उनले नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो नभइसकेको बताएका छन्।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ६ : ३५ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले