एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल « Khabarhub

एमाले बागमती प्रदेश इन्चार्जमा गुरु बराल


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले बागमती प्रदेश इन्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले बराललाई बागमती प्रदेश इन्चार्जको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

यसअघि एमालेले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा अन्य ६ वटा प्रदेश इन्चार्जको जिम्मेवारी ६ जना पार्टी केन्द्रीय सचिवलाई दिए पनि बागमतीको इन्चार्ज तोकिएको थिएन । सचिवालय बैठकले केही पार्टी विभागहरूमा सदस्य थप गरेको छ । बैठकले साउन १५ भित्र पार्टी सदस्यको प्रमाणीकरण सकेर प्रदेश अधिवेशनमा लाग्ने निर्णय गरेको छ । 

बैठकले विभिन्न समसामयिक ६ वटा प्रस्ताव पारित गरेको छ । जसमा कोशी प्रदेशको सरकार गठनमा सभामुख सामेल भएको भन्दै त्यो अवैधानिक भएकाले संविधानसम्मत नयाँ सरकार गठन गर्नुपर्ने, लम्पी स्किन रोग महामारीका रुपमा फैलँदा समेत सरकारले त्यसको रोकथाममा उचित ध्यान नदिएको, मिटरब्याजी समस्या समाधानमा नयाँ विधेयक ल्याउनुपर्ने, विश्वविद्यालयमा सत्तापक्षका विद्यार्थीबाट भएका तालाबन्दी, तोडफोडको निन्दा र अविरल वर्षाका कारण बाढी पहिरोबाट प्रभावित जनजीवनलाई सामान्यमा बदल्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : २६ बजे

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले