नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक : देउवा « Khabarhub

नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक : देउवा


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेपालको राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा तमु (गुरुङ) संघ, नेपालको बागमती प्रदेश भेला उद्घाटन गर्दै सभापति देउवाले नेपाल आदिवासी, जनजाति, दलित, थारू, मुस्लिम सबैको देश भएकाले राजनीतिमा सबै समुदायको भूमिका आवश्यक रहेको बताए हो ।

उनले सबै समुदायलाई राजनीतिका साथै हरेक स्थानमा समावेश गर्न आवश्यक रहेको पनि बताए । सभापति देउवाले कांग्रेस पनि सबै समुदायको पार्टी भएकाले सबैलाई साथमा लिएर हिँड्नुपर्ने धारणा राखे । कांग्रेसमा सबै समुदाय जनताको आवश्यकता रहेको उनको भनाइ छ । 

कार्यक्रममा अर्थमन्त्री एवं कांग्रेस नेता डा प्रकाशशरण महतले पार्टीले गरेका राम्राका कामको प्रचार हुन नसकेकाले नै कांग्रेसले गरेका कामहरूको जस अरुले लिएको बताए । उनले हरेक वर्ग क्षेत्र समुदायको पहुँचमा देशको आर्थिक उन्नति पुग्नुपर्छ भन्ने लक्ष्य कांग्रेसको रहेको बताए ।

त्यस्तै अन्य कांग्रेस नेताहरूले पार्टीलाई बलियो बनाउन र जनतामाझ पुराउन भातृसंगठनको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए ।  

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ७ : ४१ बजे

पक्राउपछि दुर्गा प्रसाईँलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं– मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईँ फेरि पक्राउ परेका

इरानसँग तनाव बढेपछि तेलको मूल्य उकालो, विश्व बजारमा दबाब

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले प्रस्ताव गरेको सातदिने युद्धविराम

बागलुङका पहिरोपीडितलाई हेलिकप्टरबाट राहत पठाइँदै (तस्बिरहरू)

काठमाडौं– बागलुङमा पहिरोका कारण विस्थापितका लागि बागलुङ बजारबाट हेलिकप्टरमार्फत राहत

पहिरोले धापाखेलमा साढे दुईतले घर ढल्यो

ललितपुर– अविरल वर्षासँगै आएको पहिरोले ललितपुरको धापाखेलमा साढे दुईतले घर

अमेरिकी वायुसेना अड्डा नजिकै पाँच जना पक्राउ, आतंकवादी गतिविधिको आशंकामा अनुसन्धान

लन्डन– बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्दै आएको फेयरफोर्ड वायुसेना अड्डा