‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु « Khabarhub

‘कोरा भक्तपुर साइकलिङ च्यालेन्ज’ सुरु


३० असार २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


690
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साइकलिङ गन्तव्य बनाउने उद्देश्यसहित आज बिहान ६ बजे एक सय किलोमिटर लामो ‘तेस्रो कोरा भक्तपुर साइकलिङ च्यालेन्ज–२०८०’ सुरु भएको छ ।

साइकल कनेक्ट भक्तपुरको आयोजनमा सुरु भएको साइकलिङ च्यालेन्जलाई भक्तपुरको दरबारस्क्वायरमा बागमती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले उद्घाटन गरे ।

उनले विगत तीन वर्षदेखि सफलतापूर्वक सञ्चालन भइरहेको कोरा भक्तपुर साइकलिङ च्यालेन्जले नेपाललाई विश्वमा चिनाउन मद्दत गर्नुका साथै नेपालको पर्यटकीय विकासमा ठूलो टेवा पु¥याउनेमा विश्वास व्यक्त गरे । यो च्यालेन्जले साइकल यात्रीहरुलाई प्रोत्साहन दिने मात्रै नभई यहाँको सुन्दर प्राकृतिक सौन्दर्यतालाई नियाल्दै ग्रामीण पर्यटकीय प्रवर्द्धनमा टेवा पु¥याएको उनको भनाइ छ ।

साइकल कनेक्ट भक्तपुरका संस्थापक अध्यक्ष एवं कार्यक्रमका संयोजक सुमित बालाले यसवर्ष छ सयभन्दा बढी साइकल यात्रीको सहभागिता रहने बताए । उनले भक्तपुरका साइकलप्रेमीहरूको टीम साइकल कनेक्ट भक्तपुरले भक्तपुरलाई साइकलिङ गन्तव्य बनाउन र टर्की र सिरियाको भूकम्प पीडितलाई सहयोग गर्ने लक्ष्यका साथ यो कार्यक्रम आयोजना गरेको बताए ।

भक्तपुर तथा काभ्रेपलाञ्चोक हुँदै अधिकांश भक्तपुरका पर्यटकीय क्षेत्रको दृश्यावलोकन गरी यहाँको सौन्दर्यतालाई स्पर्श गर्दै साइकलबाटै दुई हजार एक सय मिटर उचाइसम्म एक सय किलोमिटरको यात्रा आज एकैदिनमा पूरा गरेको उनले जानकारी दिए ।

साइकल यात्रा बिहान ६ बजे भक्तपुरको दरबार स्क्वायरबाट सुरू भएर सिद्धपोखरी, सल्लाघारी, नयाँ ठिमी, बहाखा बजार, बोडे, निलबाराही, वेशीगाउँ, दुवाकोट, चाँगुनारायणसम्म पुगिसकेको छ ।

यो यात्रा त्रिशूल डाँडा, तेलकोट, नगरकोट, थाकलमाथ, खावा, नाला गुम्बा, भङ्गाल, लटरम्बेश्वर, साँगा, खाल्चोक, आशापुरी, रानीकोट, गुण्डु, गाम्चा, विरुवा, सिरुटार, बालकोट, लोकन्थली, कौशलटार, सानोथिमि, सल्लाघारी हुँदै पुनः भक्तपुर दरबार क्षेत्रमा फर्किएको बताए ।

कार्यक्रममा कोरा मास्टर सुनिल ख्याजुले भक्तपुर कोरा २०२३ नाम दिइएको यस कार्यक्रममा साइकलबाट ५०, ७५ र १०० किलोमिटरका तीन वटा रूटमा यात्रा हुने जानकारी दिए । च्यालेन्जमा महिला ५० जनासहित करिब छ सयभन्दा बढीको सहभागिता रहेको उनले बताए ।

साइकल कनेक्ट भक्तपुरका अध्यक्ष निर्जला कोजूले च्यालेन्जमा भक्तपुर, काठमाडौँ, ललितपुर, बनेपा, पनौती, पोखरा, तनहुँ, धरान, भैरहवा, सुर्खेत, नेपालगञ्ज, वीरगञ्ज, चितवन, नवलरासी, बुटवललगायतका सहरबाट सहभागिता भएको बताए । विदेशबाट अमेरिका र युरोपियन राष्ट्रका विदेशी साइकल यात्रीहरुको सहभागिता थियो ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार  ९ : २६ बजे

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले गरेँ पद बहाली

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । प्रधानमन्त्री

नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित

काठमाडौं– नेपाल स्वास्थ्यकर्मी संघको अध्यक्षमा दीपकराज भट्ट निर्वाचित भएका छन्

चितवनको सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु (तस्बिरहरू)

 काठमाडौं– चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आजदेखि १९ औँ संस्करणको

लप्सीको रुखबाट लडेर वैतेश्वरका तामाङको मृत्यु 

दोलखा– लप्सी टिप्ने क्रममा रुखबाट खसेर गम्भीर घाइते भएका दोलखाको

प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा छुटे

काठमाडौं- गत १४ मंसिरमा पक्राउ परेका प्रभु बैंकका सीईओ अशोक शेरचन