मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र  « Khabarhub

मंगलबार गणेशको पूजा कसरी गर्ने ? जप्नुहोस् यी ११ मन्त्र 


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज मंगलबार भगवान गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल प्राप्त हुने हिन्दू धर्म शास्त्रहरुमा उल्लेख गरिएको छ । कुनै पनि शुभ कार्यको सुरुवात गर्दा सबैभन्दा पहिले भगवान गणेशको पूजा गर्ने प्रचलन छ ।

मंगलबार भगवान श्री गणेशको सबैभन्दा प्रिय दिन मानिन्छ । सुख, शान्ति र समृद्धिका लागि शुद्ध मनले यस दिन भगवान श्रीगणेशको पूजा गर्नु उत्तम मानिन्छ । मंगलबार व्रत बसेर पूजा आराधना गर्नाले मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

शास्त्रमा भगवान गणेशको पूजा विधि १६ भागमा उल्लेख गरिएको छ। जसमा आह्वान, आसन, पाद्य, अर्घ, आचमन, स्नान, वस्त्र, गंध, पुष्प, अक्षता, धूप, दीप, नैवेद्य, तांबूल, द्रव्य दक्षिणा, आरती, परिक्रमा पर्दछन्। यो पूजाविधिका लागि शुद्ध र एकाग्र मनले संकल्प लिनुपर्छ ।

धर्मशास्त्रका अनुसार यी काम मंगलबार गर्दा हाम्रो जीवनमा समस्या बढ्न सक्छन्। मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने विश्वास छ । मङ्गलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ । मंगलबार मासु सेवन गर्नु हुँदैन । मङ्गलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धि हुन्छ ।

गणेशजीलाई सबैभन्दा बढी पन पर्ने भोजन लड्डु हो । यसबारे पद्मपुराणमा एउटा कथा छ–

पूर्वकालमा पार्वतीदेवीलाई देवताहरूले अमृतले तयार पारिएको एउटा दिव्य लड्डु दिए । लड्डु देखेर कुमारजी र गणेशजीले मातासँग जिद्दी गरेर लड्डु माग्न थाले । तब माताले लड्डुको महत्वको वर्णन गरेर भनिन् कि तिमीहरु मध्ये जसले धर्माचरणद्वारा श्रेष्ठता प्राप्त गरेर सर्वप्रथम सबै तीर्थको जसले भ्रमण गरेर आउँछ म उसैलाई यो लड्डु दिन्छु ।

माताको यस्तो कुरा सुनेर कुमारले मयुरमा सवार भएर मुहूर्तभरमा सबै तीर्थको स्नान गरेर आए । यता गणेशजी भने आफ्नो वाहन मुसा भएका कारण तीर्थ भ्रमण गर्न असमर्थ भए। तब गणेशजीले श्रद्धापूर्वक मातापितालाई परिक्रमा गरेर पिताजीको अगाडि उभिए ।

यो देखेर माता पार्वतीले भनिन्, ‘सबै तीर्थमा गरेको स्नान, सबै देवतालाई गरेको नमस्कार, सबै यज्ञको अनुष्ठान तथा सबै प्रकारको व्रत, मन्त्र, योग र संयमको पालन यी सबै साधनाहरू मातापिताको पूजाको अंशको बराबर पनि हुन सक्दैन ।’

त्यसकारण गणेशजी सयौँ पुत्रहरू र सयौँ गणहरूभन्दा पनि धेरै छन् । त्यसैले उनलाई गणनायक पनि भनिन्छ । पार्वतीले सो लड्डु गणेशलाई अर्पण गरिन् । त्यसकारण यो लड्डुसँग मातापिताको भक्ति पनि जोडिएको छ । हामीले गणेश भगवानलाई लड्डु अर्पण गरेर चढाउँदा यो उहाँले गर्नुभएको मातापिताप्रतिको भक्ति भावलाई मनन गर्नु अत्यन्तै आवश्यक छ । उनको साथमा रहने लड्डु यसैको प्रतीक हो ।

‘ग’ को अर्थ बुद्धि र ‘ण’ को अर्थ ज्ञान हुन्छ । तसर्थ गणेश भगवान बुद्धि र ज्ञानका प्रतीक मानिन्छन् । भगवान गणेशको अर्को नाम ‘विघ्नेश्वर’ पनि हो । उनी सबै बिघ्नबाधाहरुको निवारक पनि हुन् । उनले सबै कार्यहरू निर्विघ्न गराउँछन् । भगवान गणेशको अर्को नाम ‘विनायक’ पनि हो विनायकको अर्थ अरु कोही नायक छैन, उ नै सर्वश्रेष्ठ नायक हो भन्ने बुझिन्छ ।

भगवान गणेश सबै शक्तिका श्रोत पनि मानिन्छन् । हुन त हाम्रा सबै देवीदेवताहरुमा दातापन छ तर गणेशजी मङ्गलदाता हुनुहुन्छ । गणेशजी हाम्रो सोच , चिन्तन, धारणा र व्यवहारमा यसकारण पूजनीय छ कि उनी गुणहरूको खानी छन् । उनमा सबै गुण र शक्तिहरू शोभायमान छ । उनी देवताहरूमध्ये गुणको देवता मानिन्छन् ।

भगवान गणेशको पूजा गर्दा जप्नुपर्ने केही मन्त्रहरू

यी ११ मन्त्रहरू जप्दा गणेश भगवान् चाँडै प्रसन्न हुने र कृपाले जीवनमा सफलता मिल्ने विश्वास छ ।
१) श्री गणेशाय नमः २) ॐ श्री गणेशाय नमः ३) गं गणपतये नमः ४) ॐ गं गणपतये नमः ५) ॐ गं ॐ गणाधिपतये नमः ६) ॐ सिद्धि विनायकाय नमः ७) ॐ गजाननाय नमः ८) ॐ एकदंताय नमो नमः ९) ॐ लम्बोदराय नमः १०) ॐ वक्रतुंडाय नमो नमः ११) ॐ गणाध्यक्षाय नमः

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : २१ बजे

महाधिवेशनमा सबै पुस्ता र वर्गलाई जोड्ने प्रयास गरेका छौँ : विश्वप्रकाश शर्मा

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले महाधिवेशनमा युवाहरूको ठूलो आकर्षण

स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति गठन, पाँच दिनमा प्रतिवेदन बुझाउन निर्देशन

पोखरा – पोखरामा भएको स्कुल बस दुर्घटनाको छानबिन गर्न समिति

पोखरा बस दुर्घटना : अस्पतालमा आफन्तको भीड (तस्बिरहरू)

पोखरा– पोखरामा भएको स्कुल बस दुर्घटनामा पाँच जनाको मृत्यु भएको

दशक लामो अन्योल चिर्दै बन्यो लालबकैया पुल : कहिले हुन्छ सञ्चालन ?

काठमाडौँ – रौतहटको लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल

कांग्रेस महाधिवेशन : साढे १२ बजेसम्म २ हजार ६४४ मत खस्यो, कति समयमा सकिन्छ मतदान ?

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि