गण्डकी प्रदेशमा पशुलाई पूर्णखोप अभियान | Khabarhub Khabarhub

गण्डकी प्रदेशमा पशुलाई पूर्णखोप अभियान


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

गण्डकी– वस्तुभाउमा देखिने विभिन्न रोगविरुद्ध गण्डकी प्रदेशमा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको छ । प्रदेशका ७५ प्रतिशत पशुपालक किसानको घरगोठमा खोप सेवा पुगेको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

गण्डकीका ८५ पालिकामध्ये एक महानगरपालिका, २३ नगरपालिका र ३८ गाउँपालिकाका पाँच सय ८० वडामा पूर्णखोप कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले जानकारी दिए ।

उनका अनुसार गाईभैँसीलाई लाग्ने खोरेत, भ्यागुते, चरचरे, बङ्गुरमा देखिने क्लासिकल स्वाइन फिभर, बाख्रामा देखिने पिपिआर र कुकुरलाई लाग्ने रेबिज रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको हो ।

गत आर्थिक वर्षमा मात्र खोरेतको छ लाख २८ हजार छ सय १५ डोज, चरचरे र भ्यागुतेको तीन लाख ९६ हजार ५०, क्लासिकल स्वाइन फिभरको ८० हजार एक सय ३८, पिपिआरको ११ लाख ८४ हजार ६० र रेबिजको ४२ हजार दुई सय ८० डोज खोज लगाइएको मन्त्रालयले जनाएको छ ।

पूर्णखोप कार्यक्रमका लागि गत आवमा १३ करोड ७४ लाख खर्च भएको डा. न्यौपानेले बताए । ‘यस वर्ष पनि पूर्णखोप कार्यक्रमले निरन्तरता पाउँछ, विभिन्न रोगव्याधिका कारण हुने पशुधनको क्षति रोक्न खोप अभियान सञ्चालन गरिएको हो’, उनले भने, ‘प्रदेशका सबै पशुपालक किसानको घरगोठमा खोप सेवा पुर्याउने लक्ष्य मन्त्रालयको छ ।’

अहिले गाईभैँसीमा देखिएको लम्पी स्किन रोगका विरुद्ध पनि खोप अभियान सञ्चालन भइरहेको छ । प्रदेशका एक लाख तीन हजार दुई सय ३० गाईभैँसीमा उक्त खोप लगाइएको मन्त्रालयले जनाएको छ । गाईभैँसीका फैलिएको उक्त रोगले प्रकोपको रूप लिएपछि खोप अभियान सञ्चालन गरिएको हो ।

गण्डकीमा कुल आठ लाख ५४ हजार नौ सय २५ गाईभैँसी रहेकामा हालसम्म १२ दसमलव ०७ प्रतिशत गाईभैँसीलाई मात्र उक्त खोप दिइएको डा. न्यौपानेले जानकारी दिए । लम्पी स्किनको सङ्क्रमण देखिएपछि गत आवको अन्तिममा प्रदेश सरकारले बजेट रकमान्तर गरेर खोपका लागि एक करोड बजेट छुट्याएको थियो ।

जिल्लामा रहेका भटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रमार्फत ५१ हजार चार सय, स्थानीय तहबाट ४६ हजार सात सय दुई र किसानले आफ्नै खर्चमा पाँच हजार एक सय २८ डोज खोप लगाएको मन्त्रालयले जनाएको छ ।

महाशाखा प्रमुख डा. न्यौपानेका अनुसार गण्डकीमा हालसम्म ६९ हजार आठ सय ४१ गाईवस्तु लम्पी स्किनबाट सङ्क्रमित भएका छन् । प्रदेशका ८५ स्थानीय तहमध्ये ८२ स्थानीय तहका पशुचौपायामा सो रोगको सङ्क्रमण देखिएको छ ।

मुस्ताङको लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड र मनाङको मार्फाभूमि गाउँपालिकामा अहिलेसम्म उक्त रोगको सङ्क्रमण देखिएको छैन । सो रोग लागेर हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । अढतीस हजार पाँच सय ३६ गाईभैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : ५४ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि