अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक « Khabarhub

अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक


१२ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन– संयुक्त राज्य अमेरिका र चीनबीच व्यापारिक वस्तुमा कर घटाउने विषयमा सहमति जुटाउने तयारी भइरहेका बेला ह्वाइट हाउसले दुवै देशले कम कर लगाउन सक्ने वस्तुको सूची सार्वजनिक गरेको छ।

ह्वाइट हाउसले आइतबार सार्वजनिक गरेको विवरणअनुसार अमेरिका र चीनले कर घटाउन सकिने वस्तुको सूची समीक्षा गरी ती वस्तुमा पारस्परिक रूपमा कम कर लगाउने व्यवस्था गर्नेछन्। प्रस्तावित व्यवस्थाले दुवै दिशामा करिब ३० अर्ब अमेरिकी डलर बराबरका वस्तु समेट्नेछ। यद्यपि, कुन वस्तुमा कति कर घटाउने र त्यसको समयतालिका भने सार्वजनिक गरिएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच शुक्रबार व्यापारलगायत विषयमा शिखर बैठक भएको थियो। सीको वासिङ्टन भ्रमणपछि ह्वाइट हाउसले गैरसंवेदनशील वस्तुमा थप अनुकूल कर व्यवस्था गर्न सिफारिस गर्ने विषयमा सहमति भएको जनाएको थियो। बेइजिङले शनिबार उक्त सहमतिको पुष्टि गरेको हो।

अमेरिकाले चीनबाट आयात हुने आतसबाजी, क्रिसमसका सजावटी सामग्री, घरेलु सामान र खेलकुद सामग्रीलगायत ७७ वर्गका वस्तुमा कर घटाउन सक्ने सूचीमा उल्लेख छ।

त्यसैगरी, चीनले अमेरिकाबाट आयात गर्ने वस्तुको सूचीमा गाईको मासु, सुँगुरको मासु, कुखुराको मासु, समुद्री खाना, अन्न, दुग्धजन्य पदार्थ, ह्विस्की, कोइला र काठलगायत एक हजार ६०० भन्दा बढी वर्गका वस्तु समावेश छन्।

ह्वाइट हाउसका अनुसार चीनले सन् २०२७ र २०२८ मा अमेरिकाबाट कम्तीमा एक करोड मेट्रिक टन कोइला आयात गर्न पनि सहमति जनाएको छ।

राष्ट्रपति ट्रम्प र सीले गत वर्ष दक्षिण कोरियामा भएको बैठकमा व्यापार युद्धविरामका लागि सहमति गरेका थिए। त्यसअघि दुई देशबीचको व्यापार विवादका क्रममा केही वस्तुमा लगाइएको कर १०० प्रतिशतभन्दा बढी पुगेको थियो।

उक्त व्यापार युद्धविराम सुरुमा नोभेम्बरमा समाप्त हुने तय भए पनि दुवै पक्षले त्यसलाई जनवरी १० सम्म विस्तार गर्न सहमति गरेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८३, सोमबार  ४ : ५७ बजे

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले

‘मर्स्याङ्दीमा तत्काल ठूलो बाढीको जोखिम छैन’

काठमाडौं– मनाङको चामेमा पहिरो खसेर मर्स्याङ्दी नदी आंशिक रूपमा थुनिए