अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्छ : पुटिन


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तर्राष्ट्रिय मामिलामा भारतले रचनात्मक भूमिका निर्वाह गर्नसक्ने बताएका छन् ।

भारतको ७७ औँ स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रपति द्रौपदी मुर्मू र प्रधानमन्त्री नरेन्द्र मोदीलाई बेग्लाबेग्लै पठाएको शुभकामना सन्देशमा रुसी राष्ट्रपतिले अन्तर्राष्ट्रिय जगतमा प्रभाव र प्रतिष्ठा कमाएको भारतले विश्व मामिलामा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने उल्लेख गरेका छन् ।

“भारतले आर्थिक, वैज्ञानिक, प्राविधिक, सामाजिक र अन्य क्षेत्रमा विश्वव्यापी रूपमा मान्यता एवम् सफलता हासिल गरेको छ, विश्व मञ्चमा सम्मान प्राप्त भारतले साझा चासोका वैश्विक मामिलामा रचनात्मक भूमिका निर्वाह गर्नसक्छ” पुटिनको सन्देशमा उल्लेख गरिएको छ ।

रुस र भारतको  संयुक्त प्रयासबाट सबै क्षेत्रमा फलदायी द्विपक्षीय सहयोग विस्तारका साथै क्षेत्रीय एवं विश्वव्यापी मुद्दाहरू समाधान गर्न रचनात्मक साझेदारीलाई अझ सुदृढ बनाउन आफू तत्पर रहेको बताउँदै रुसी राष्ट्रपतिले मित्र राष्ट्रहरूको हित प्रवद्र्धनमा सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसैगरी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले ७७औँ स्वतन्त्रता दिवसको अवसरमा बधाई ज्ञापन गर्दैै भारत फ्रान्सको ‘विश्वसनीय मित्र’ भएको बताएका छन् । उनले गत महिना भएको प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमणको स्मरण गर्दै भविष्यमा द्विपक्षीय सम्बन्ध अझ घनीभूत हुने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ५ : १७ बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग