स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान | Khabarhub Khabarhub

स्वास्थ्यमन्त्री बस्नेत भारत प्रस्थान


३० श्रावण २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतमा आयोजना हुने क्षयरोगसम्बन्धी सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत त्यसतर्फ प्रस्थान गरेका छन् ।

भारतको गुजरातमा आयोजना हुने क्षयरोगसम्बन्धी डब्लुएचओको सम्मेलनमा सहभागी हुन स्वास्थ्यमन्त्री बस्नेत मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका हुन् ।

सन् २०३० सम्म क्षयरोग महामारी अन्त्य गर्ने अन्तर्राष्ट्रिय राजनीतिक प्रतिबद्धतामा नेपालले पनि सहमति जनाएकाले सम्मेलन महत्वपूर्ण हुने मन्त्री बस्नेतले जानकारी दिए ।

सम्मेलन अगस्त १६ र १७ तारिखमा हुने उनले बताए । त्यस्तै, भारत भ्रमणका क्रममा आयुर्वेद चिकित्सा पद्धतिसम्बन्धी ग्लोबल सम्मेलन र वान अर्थ वान हेल्थ सम्मेलनमासमेत सहभागिता जनाउने मन्त्री बस्नेतले बताए ।

सो क्रममा डब्लूएचओको क्षेत्रीय निर्देशकमा उम्मेदवारी दिन लागेका डा. शम्भु आचार्यको पक्षमा मत माग्नेसमेत उनले बताए । मन्त्री बस्नेत भदौ तीन गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ६ : १९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास