डेङ्गु नियन्त्रणको लागि रेडक्रसले थाल्यो अभियान « Khabarhub

डेङ्गु नियन्त्रणको लागि रेडक्रसले थाल्यो अभियान


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– सङ्खुवासभामा डेङ्गु सङ्क्रमण रोक्न जिल्ला रेडक्रस सोसाइटीले तीन महिने अभियान थालेको छ । जिल्लामा डेङ्गु सङ्क्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले उक्त अभियान थालेको हो । 

रेडक्रसले आगामी नोभेम्बरसम्म डेङ्गुविरुद्धको अभियान सञ्चालन गरेको हो । यस क्रममा विद्यालयमा बालबालिकालाई डेङ्गुको बारेमा जानकारी दिन ‘स्कूल हेल्थ नर्स’ कार्यक्रम अघि बढाइएको जिल्ला रेडक्रस सोसाइटीका अध्यक्ष सरोजकुमार बज्राचार्यले जानकारी दिए। 

यसका साथै रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि स्वयंसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट अभियानसमेत थालेको छ । हिमाली जिल्लामा पनि डेङ्गु सङ्क्रमित बढेपछि रेडक्रस सोसाइटीले अभियान सुरु गरेको हो । 

सङ्खुवासभामा साउनयता डेङ्गु सङ्क्रमितको सङ्ख्या छ सय २५ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका खोप अधिकृत रोशन श्रेष्ठका अनुसार १० स्थानीय तहमध्ये आठमा डेङ्गु सङ्क्रमण फैलिएको छ । ‘भोटखोला र चिचिला गाउँपालिकामा मात्र डेङ्गु सङ्क्रमित देखिएका छैनन्’, उनले भने । 

सबैभन्दा बढी सङ्क्रमित खाँदबारी नगरपालिकामा भेटिएका छन् । 

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ७ : ०९ बजे

खगेन्द्र सुनारको चेतावनी : आरोपितलाई काखी च्यापेर फैसला गर्दै नहिँडौँ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

देउवा भन्छन्– सबै मिलेर जनतामा आशा जगाउनुपर्नेछ

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

काठमाडौँका यी पाँच स्थानमा वितरण गरिँदैछ ग्यास, नागरिकता अनिवार्य चाहिने

काठमाडौं । नेपाल आयल निगमले शनिबार पाँच स्थानबाट ग्यास वितरण

कुहिरोबाट पिउने पानी सङ्कलन गरेर वितरण

ओखलढुङ्गा – ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका-५ स्थित मेले गुम्बा टोलमा कुहिरोबाट

बेनी-जोमसोम र बेनी-दरवाङ सडक रातिमा बन्द

म्याग्दी – जिल्ला प्रशासन कार्यालयले म्याग्दीका मुख्य दुई वटा सडकमा