मोरक्कोमा राज्य भन्दा युवा सक्रिय | Khabarhub Khabarhub

मोरक्कोमा राज्य भन्दा युवा सक्रिय

भूकम्पपछिको राहत र उद्धार


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

मोरक्कोमा भूकम्पका कारण अवस्था धेरै नै बिग्रिएपछि युवा त्यसबाट उन्मुक्ति दिलाउन लागि परेका छन्। देशभर जम्मा भएका युवाको जमात अहिले सामाजिक सञ्जालको प्रयोग गर्दै राहत र सहयोग मागी रहेका छन्।

यसरी लागेका अभियन्ताले लाखौँ फलोअरमार्फत देशभरका युवालाई जम्मा गरेर राहत जम्मा गर्ने काम गरिरहेका छन्। अहिले दूध, जाम र चामलको सहयोग गर्नेहरूको घुइँचो लागेको छ। एटलास पहाडमा ट्रकमा ती सामान ओसारिएको छ। ग्रामीण तहबाट उठाइएका यस्ता सहयोगले सरकारलाई धेरै पछि छाडेको छ। ‘मानिसहरू धेरै समस्यामा छन्। धेरै जना मर्ने अवस्थामा छन्। त्यहाँ जत्ति सक्दो चाँडो सहयोग गर्नु पर्ने अवस्था छ।

अहिले संसारको राजनीतिक वातावरणले मोरक्कोलाई प्रभावित पारेको छ। भूकम्पको कारण अप्ठेरोमा परेको यो देशले केही देशबाट आउने राहतलाई अस्वीकार गर्ने निर्णय गरेको छ। यसरी निर्णय गरिएका देशमा फ्रान्स र जर्मनी छन्। इनेजजानबाट आफ्नी दिदीसँगै भूकम्प प्रभावित क्षेत्रमा पुगेका अमिना भने यो निर्णयको समर्थक हुन्।

‘यदि हाम्रो देशलाई सहयोग आवश्यक भए पहिले राज्यबाट माग गर्ने हो। आवश्यकता अनुसार माग गरेपछि मात्र दिने निर्णय हुने हो’, उनले भने। बाहिरबाट राहत आए पनि यो पाउनका लागि सो देशका सामु ठुलो चुनौती बनेको छ। बाढीका कारण भूकम्प प्रभावित स्थानमा राहत लैजान कठिन भइरहेको छ। टाराउ डान्ट सहरको छेउमा ट्रकको इन्जिनबाट कर्कश आवाज निस्की रहेका छन्।

सहयोगको आवश्यकता अनुसारको खबर आएपछि मात्र लोड गरिएका सामान अन्तिम समयमा लगिने स्थानको टुङ्गो लाग्ने गरेका छन्। अहिलेसम्म राहत नपुगेका स्थान प्राथमिकतामा परेका छन्।

भूकम्पका कारण अस्तव्यस्त भएका सहरको अवस्था हेर्दा त्यो कतै अन्य ग्रहबाट झरेको स्थान झैँ देखिन्छ। यदाकदा पानी पर्ने र अन्य समस्याले सताउने त्यहाँको सडकमा ट्रक बारम्बार रोकिने गरेका छन्। स्वयंसेवक आफैले बाटो पन्छाउने काम गरेका छन्।

ओमुट डिगिटको गाउँमा खाद्यान्न र बिछ्यौना ओसारिएका छन्। ४० घर रहेको सो गाउँ भूकम्पका कारण क्षतविक्षत छ। घर नजिकै रहेको रुखको मुनी उनीहरू बसी रहेका छन्। गत साताको अन्त्यमा गएको भूकम्पका कारण याइया इब्राहिमले आफ्ना दुई टिनएजर छोरा गुमाइसकेका छन्।

पहिलो पटक घर भत्किँदा जिउँदो रहेका उनीहरू कसैले पनि उद्धार गर्न नसकेपछि ज्यान गुमाएका थिए। बस्तुभाउ बाँचेनन्। खाद्यान्न नासिएका छन्। प्राप्त राहतले केही समयका लागि सहयोग गर्ला तर लामो समयको लागि उनीहरूको समस्या समाधान हुने छैन।

परिवारको हेरचाह गर्न चार वर्षअघि अमेरिकाबाट गाउँमा आएकी मिना सो समुदाय अहिले सहनै नसक्ने पीडामा छटपटाएको बताउँछिन्। ‘उनीहरू अहिले छटपटाइरहेका छन्। कसैले पनि भविष्यका बारे सोच्न सक्ने अवस्था नै छैन,’ उनले भनिन्।

केही दिन वर्षाको पूर्वानुमान गरिएको छ। यसले अबका रात कसरी कट्ने भन्ने समस्यामा उनीहरू छन्। केही दिनपछि गाउँमा आउने थप सङ्कटलाई मध्यनजर केन्द्रित गर्दै मिना अहिले पाल खोजीरहेकी छिन्। आफ्नै भत्किएको घर हेर्दै सबै जना जीवन सकिएको महसुस गरिरहेका छन्। ती घर अरू केही नयाँ थिए र केही पुराना थिए।

समस्या भए पनि अहिले राज्य भन्दा ती युवाको सञ्जाल आशाको केन्द्र बनेको छ। भूकम्प गएको तेस्रो दिनसम्म राज्यका निकाय केही गर्न नै असमर्थ झैँ देखिएका थिए। तेस्रो दिनसम्म कुनै विशेषज्ञ उद्धार टोली नपुगेको मोरक्कोमा तेस्रो दिन स्पेनको विशेष टोली पुगेको थियो। आफन्तको वियोगमा छटपटाइरहेका अल्गाऊ बासीहरू तेस्रो दिनसम्म पुग्दा त आफ्नो जीवन नै जाने हो की भन्ने चिन्तामा थिए।

भूकम्प जानु अगाडि नै कुकुर, भैँसी र भ्यागुताले त्यसको सङ्केत गरेका थिए। तर कसैलाई यसको हेक्का नै भएन।

एटलास पहाडको त्यो गाउँको भूकम्प प्रभावित क्षेत्रमा पुगेका युद्ध प्रतिरोधक आफूले केही गर्नै नसक्ने बताउँछन्। यस अगाडि उनीहरू टर्कीमा गएको भूकम्प प्रभावित क्षेत्रमा पनि उद्धारका लागि पुगेका थिए। उनीहरू पुगेको केही समयमा खोचमा पुगेका केही व्यक्ति भने निकालिएका थिए।

भूकम्पले प्रभावित राम्रो हुने त कुरै भएन। सायद धेरै स्थान आइत हमिद जस्तो खराब भने थिएनन्। पहाडको भिरालोमा रहेको सो गाउँ नै बगाएको छ। २८ जना रहेको घरमा ढुङ्गा प्रवेश गर्दा सात जनाबाहेक अन्य सबै जनाको ज्यान गएको छ। भूकम्प गएपछि ओमार अइत मेहदी एक्लै उपत्यकामा कुदेको जस्तो देखिन्थे। उनी पछाडि बचेका केही कुरा बोकेर मानिस कुदी रहेको दृश्य थियो।

अस्पतालमा रहेकी श्रीमतीको ज्यान जोगाउन लागेका उनका दुई छोरीहरू त त्यही हराए नै। भूकम्पको दोस्रो दिन उनले ती दुई छोरीको शव फेला पारेका थिए। उनी अहिले सर्वस्व नै गुमाएको महसुस गर्दै संसारको सहयोगको अपेक्षा गरिरहेका छन्। उनी लगायत धेरै जना राज्यले अन्य धेरै देशको सहयोग नलिने निर्णय गरेकोमा दुःखी छन्।

स्पेन, बेलायत कतार र संयुक्त अरब इमिरेट्स भने मोरक्कोमा सहयोग गरिरहेका छन्। शुक्रबार एटलास पहाडमा गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर अब लामो समय रहन सक्छ।

एकातर्फ नागरिकको जीवन गएको छ। मर्नेको सङ्ख्या केही दिनमा नै दुई हजार पाँच सय भन्दा बढी रहेको पुष्टि भएको थियो। दुःखका कथाहरू खोज्ने भने एउटा होइन हजारौँ पीडादायक कथा त्यहाँ बुनिएका छन्। अमेरिका, ट्युनेसिया, टर्की ताइवान र फ्रान्सले मोरक्कोलाई सहयोग स्वीकार गर्न भनिरहेका छन्।

लामो समय मोरक्कोसँग कटु सम्बन्ध रहेको अल्जेरियाले त अझ धेरै सहयोगको प्रस्ताव राखेको छ। मोरक्कोको सरकारले सहयोगका नाममा धेरै देशले आफ्नो देशमा प्रवेश गर्न खोजेको तर्क गरीरहेको छ।

यस्तो अप्ठेरो अवस्थाको सामनासमेत त्यहाँको भूकम्प पीडितले गरेका छन् कि बच्चा या अभिभावक मध्य कसैको ज्यान छान्नुपर्ने अवस्थासमेत आएको थियो। ताइएत अल गाजीयेबका दुई बच्चा श्रीमती र अभिभावक च्यापिएका थिए।

सबै एकै पटक च्यापिँदा उनले बच्चालाई पहिलो प्राथमिकता दिएका थिए। बच्चाको उद्धार गर्दा उनी अभिभावक विहीन भइसकेका थिए। अहिले धेरै युरोपेली देश टर्कीको भूकम्पको स्मरण गरिरहेका छन्। सो समयमा ९० देशले टर्कीलाई सहयोग गरेका थिए।

मोरक्कोको पर्यटन मन्त्रालयले सडक सफा भएपछि सहयोगका लागि अपिल गर्न सकिने जनाएको छ। मोरक्कोले यसरी सहयोग अस्वीकार गर्नुका कारण धेरै हुनसक्छन्। धेरैलाई सन् २००४ मा गएको भूकम्पको याद आएको छ। त्यस समयमा सहयोग व्यवस्थित हुन सकेको थिएन।

धेरैले टर्की र फ्रान्सको कटुतापूर्ण राजनीतिक सम्बन्धले अन्य धेरैलाई प्रभावित तुल्याएको हुन सक्ने जनाएका छन्। जर्मनीको पनि मोरक्कोसँग राम्रो सम्बन्ध छैन। परन्तु पछिल्ला केही वर्ष यता फ्रान्सको तुलनामा सम्बन्ध सुधारिएको छ। यसरी सहयोग गर्न चाहने चेक गणतन्त्र पनि मोरक्कोको अनावश्यक अडानका सामु आजित भएको छ।
नागरिक दुख पाइरहने र राज्य दम्भ पाल्ने कारण अहिले मोरक्कोको अवस्था अझ खराब भएको छ।
स्रोतः बीबीसी, युरो न्युज

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : २५ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको