शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन « Khabarhub

शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल नचलाउन निर्देशन


११ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन – शिक्षा विकास तथा समन्वय इकाई, चितवनले शिक्षक तथा कर्मचारीलाई पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग नगर्न निर्देशन दिएको छ ।

इकाईले जिल्लाका सबै विद्यालयलाई पत्राचार गर्दै प्रचलित कानुन र आचारसंहिताको पूर्ण पालना गर्न तथा सामाजिक सञ्जाल प्रयोग गर्दा जिम्मेवार बन्न आग्रह गरेको हो ।

इकाई प्रमुख कृष्णचन्द्र पोखरेलले केही शिक्षक तथा कर्मचारीले पदीय आचरणविपरीत सामाजिक सञ्जाल प्रयोग गरेको भन्ने गुनासा आएपछि कानुनी व्यवस्थाबारे सचेत गराइएको बताए।

‘कानुन र नियमावलीमा भएका कुरा सम्झाएको मात्रै हो । यसको पालना सबैले गर्नुपर्छ,’ उनले भने।

इकाईले शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (घ) तथा सामाजिक सञ्जाल प्रयोग गर्ने सम्बन्धी निर्देशिका, २०८० को दफा ४ मा रहेका व्यवस्थाको स्मरण गराएको छ ।

निर्देशनमा नेपाल सरकार र नेपाली जनताबीचको सम्बन्धमा खलल पार्ने गरी बेनामी वा काल्पनिक नामबाट लेख प्रकाशन गर्ने, प्रेसलाई सूचना दिने, रेडियो वा टेलिभिजनमार्फत भाषण गर्ने तथा सार्वजनिक भाषण वा वक्तव्य दिने कार्यमा कानुनी बन्देज रहेको उल्लेख छ ।

यस्तै, शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (२) बमोजिम शिक्षक तथा कर्मचारीले आचारसंहिता पालना गरे–नगरेको विषयमा प्रभावकारी अनुगमन तथा नियमन गर्न पनि इकाईले सम्बन्धित विद्यालयलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८३, बुधबार  १ : ३१ बजे

दुहबीमा ५६ करोड लागतको फोहरमैला व्यवस्थापन परियोजना सञ्चालन हुने

विराटनगर– कोशी प्रदेश सरकारले आयोजना गरेको लगानी सम्मेलनमा भएको प्रतिबद्धताअनुरूप

प्रधानमन्त्री शाह स्वदेश प्रस्थान

नयाँदिल्ली– भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र शाह

कोरला नाकामा पुग्छन् दैनिक सय बढी पर्यटक

मुस्ताङ- समुद्री सतहदेखि चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन

कार्तिक नाच हेर्दै प्रधानमन्त्री पत्नी काफ्ले (तस्बिरहरू) 

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतको दुईदिने राजकीय भ्रमणमा रहेका

प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा जारी नेपाल-भारत संयुक्त वक्तव्यमा के छ ?

नयाँ दिल्ली- प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने औपचारिक भारत भ्रमणका क्रममा