यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य « Khabarhub

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्य


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार भारतीय ठूलो गोलभेडा प्रतिकेजी न्यूनतम मूल्य ४०, टनेल गोलभेडा सानो ८०, लोकल गोलभेडा सानो ५०, घिउ सिमी लोकल ५०, काउली स्थानीय प्रतिकेजी १००, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका ३०, हरियो फर्सी ४०, घिरौला ४० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ४०० रुपैयाँ ,बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ९०, रातो मूला ८०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, टाटे सिमी ८०, तितो करेला ८०, ब्रोकाउली ३००, कागती १८०, भिण्डी  ४०, न्यूरो ९० रुपैयाँ, रातो बन्दा प्रतिकेजी २०० रुपैयाँ ,लोकल काँक्रो १२०, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ४५०, केरा दर्जन १५०, अनार ३२०, नासपाती ७०, आभोकाडो २००, कालो अंगुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे २०० रुपैयाँ तथा रहु माछा ३८०, छडी माछा २४०, बचुवा माछा २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ६०, हरियो धनियाँ ८०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २२०, ‍परवर ५०, गुन्दुक २५०, भारतीय प्याँज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे खु्र्सानी ८०,  शरीफा २००, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला १३०, तोफु ११०, पिंडालू ६०, तामा ९०, चुकुन्दर ८०, निबुवा ६०, कन्य च्याँउ १८०, तने बोडी प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : ४९ बजे

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,

चिनी उद्योगको जग्गामा प्रश्न उठाउनुभन्दा स्वदेशी उत्पादनमा जोड दिऔँ : मन्त्री साह

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक साहले व्यवसायको वातावरण बनाउन

मुग्लिन-मलेखु सडक धमाधम बन्दै (तस्बिरहरू)

काठमाडौं– मुग्लिन–नागढुंगा सडक आयोजनाअन्तर्गतको पश्चिम खण्ड (मुग्लिन–मलेखु) स्तरोन्नतिको काम धमाधम

प्रदेश प्रमुख भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रतिवेदन पेस

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान

मन्त्रिपरिषद्का निर्णय : नर्वेबाट १० करोड अनुदानदेखि सचिवको पदस्थापनसम्म

काठमाडौँ- सरकारले नगरपालिकामा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्द्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन