सवारी दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु  « Khabarhub

सवारी दुर्घटनामा परी एमाले नेता कार्कीको मृत्यु 


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्लाहीमा सवारी  दुर्घटनामा परी बागमती नगरपालिका ८ शंकरपुर निवासी ४९ वर्षीय एमाले नेता गणेश कार्कीको मृत्यु भएको छ । 

सर्लाहीको बागमतीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा गम्भीर घाइते भएका उनको उपचारको क्रममा हरिवनस्थित सरस्वती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

कार्की सवार बा ३० प ९४०७ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको हो।

 दुर्घटनामा ३ वर्षीया बालिकासहित तीनजना घाइते भएका छन्।  ना ५९ प ५१७७ नम्बरको मोटरसाइकलमा सवार हरिवन नगरपालिका- १ का ३२ वर्षीय मुकेशकुमार साह, उनकी श्रीमती २६ वर्षीया शान्ता कुमारी साह र ३ वर्षीया छोरी दुर्घटनामा घाइते भएका छन्।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १० : ४३ बजे

प्रधानमन्त्रीले भने : उद्धार, खोजी र राहत कार्यलाई तीव्र बनाएका छौं

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

काठमाडाैं – रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस

किएभ नजिकै डिपोमा रुसी आक्रमण, कम्तीमा ३७ जनाको मृत्यु

किएभ- युक्रेनको राजधानी किएभनजिकै रहेको एक डिपोमा रुसले रातभर ड्रोन आक्रमण

चार दिनपछि रसुवाको टिमुरेमा सात वर्षीया बालिकाको जीवितै उद्धार

रसुवा– भोटेकोशी नदीमा बाढी आएको चार दिनपछि गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरेमा