हेटौँडा अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा « Khabarhub

हेटौँडा अस्पतालका चिकित्सकद्वारा सामूहिक राजीनामा


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


660
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– हेटौँडा अस्पतालका ७९ चिकित्सकहरूले सामूहिक राजीनामा बुझाएका  छन् ।

हेटौँडा अस्पतालको विभिन्न विभागमा कार्यरत सम्बन्धित रोग विशेषज्ञ डाक्टर तथा मेडिकल अधिकृतहरूले चिकित्सकमाथी कुटपिटमा संलग्नलाई कारबाहीको माग गर्दै सामूहिक राजीनामा पत्रमा हस्ताक्षर गरी मेडिकल सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटा बुझाएका हुन् ।

उक्त पत्रमा सुरक्षाको प्रत्याभूति नभएकाले उपचार सेवा प्रवाह गर्न नसक्ने कारण उल्लेख गरिएको एक चिकित्सकले जानकारी दिए । 

उनका अनुसार अस्पताल भित्रै प्रवेश गरेर उपचारमा खटिएका डाक्टर माथि आक्रमण गर्ने र कारवाहीका लागि प्रहरी प्रशासनले देखाएको आनाकानी विरुद्ध सामूहिक रूपमा राजीनामा दिनुपर्ने बाध्यता देखिएको हो ।

 ‘सेवा प्रवाह गरे बापत डाक्टर पिटिनुपर्ने, प्रहरी प्रशासनले कारबाहीमा गरेको ढिलासुस्तीले हामीलाई हतोत्साहित बनाएको छ । डाक्टरहरूले सुरक्षित महसुस भएर काम गर्ने वातावरण छैन । त्यसैले सामूहिक राजीनामा लेखेका हौँ ।’ उनले भने ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ११ : ४९ बजे

प्रधानमन्त्री र शीर्ष नेताबीचको छलफलमा चुनाव गर्ने समझदारी भएको छ : मन्त्री खरेल

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्री सुशीला कार्की

चीनका कार्यवाहक राजदूत आएसँगै काठमाडौंमा विशेष कार्यक्रम

काठमाडौं– नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष

नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी

जनकपुरधाम– नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको

एक महिनाभित्र प्रदेशका सबै कर्मचारीको अभिलेख अद्यावधिक गर्न निर्देशन

महेन्द्रनगर– मधेस प्रदेश सरकारले एक महिनाभित्र प्रदेशका सबै स्थानीय तहलाई

युक्रेनको राजधानीमा शक्तिशाली विस्फोट

एजेन्सी– युक्रेनको राजधानी किएभमा मिसाइल आक्रमणको खतरा रहेको अधिकारीहरूले चेतावनी