चाडपर्व नजिकिएसँगै माटोका भाँडा बनाउन भ्याईनभ्याई « Khabarhub

चाडपर्व नजिकिएसँगै माटोका भाँडा बनाउन भ्याईनभ्याई


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– चाडपर्व सुरु भएसँगै प्राचीन मिथिला क्षेत्रका माटोका भाँडा बनाउने कुम्हाल र मूर्तिकारको व्यस्तता पनि बढेको छ । दुई दिनपछिको विश्वकर्मा पूजा र त्यसपछि लगत्तैको चौरचण्ठ (चौरचन) पर्वमा आफूले बनाउनका सामग्री बिक्री हुने भएपछि कुम्हाल र मूर्तिकार सीपमुलक काममा व्यस्त भएका हुन् ।

प्रत्येक वर्षको असोज सङ्क्रान्तिका दिन ज्यावलका देवता विश्वकर्माको पूजाआराधना गर्ने हिन्दू–मैथिल परम्परा छ । त्यसैले अहिले माटो मुछेर बनाइएका विश्वकर्माका मूर्तिमा मूर्तिकार अन्तिम सीप तिखार्दैछन् । ‘मूर्ति बनिसके, अब कतै रङ मिले-नमिलेको हेर्दैछु’, भङ्गाहा–४ रामनगरका मूर्तिकार अनुप महरा भने, ‘अब आज र भोलि त हो नि, अन्तिम रङ भर्ने, पर्सि त मूर्ति ग्राहकले लगिहाल्छन् ।’

मिथिलामा स–साना लघुउद्यम, कलकारखाना र ज्यावल बेचबिखन गर्ने पसलमा विश्वकर्माको प्रतिमा प्रतिस्थापन गरी उल्लासका साथ यो पर्व मनाउने परम्परा छ ।

पर्वका लागि विश्वकर्माका मूर्तिको माग भएपछि मूर्तिकारको अहिले व्यस्तता बढेको हो । मिथिलामा विश्वकर्मा पूजनोत्सवजस्तै दुर्गा पूजा (बडादशैँ), दीपावली, वसन्तपञ्चमी र श्रीकृष्ण जन्माष्टमी पर्व मूर्तिकारका लागि सीप बिक्ने मुख्य पर्व हुन् ।

मूर्तिकारजस्तै माटो मुछेरै विभिन्न प्रकारका भाँडा बनाउने कुम्हालको पनि अहिले व्यस्तता बढेको छ । अहिले मुखमा रहेको चौरचन पर्वमा माटाका तौला, छ्याँचीदियौरीजस्ता सामानको माग हुने भएपछि कुम्हाल चक्रमा यी भाँडा ढाल्न, सुकाउन र बजार पुर्याउन व्यस्त भएका हुन् ।

भदौ शुक्ल चौथी तिथिका दिन चन्द्रमाको आराधना गरिने चौरचन पर्वमा माटोका नयाँ तौलामा पूजा सामग्री राखिने, नयाँ छ्याँचीमा दही जमाउने र त्यही दही अघ्र्य दिने र नयाँ दियौरीमा कपास कातेर बनाइएका बत्ती बाल्ने चलनले यो पर्वमा माटोका भाँडाको माग हुने गरेको हो ।

मिथिलामा चौरचनजस्तै जितिया, दशहारा (बडादशैँ), दीपावली, छठ र जुडशीतलजस्ता पर्वमा माटाका भाँडाको प्रयोग गरिने र यी नयाँ हुनपर्ने मान्यताले यी अवसरमा कुम्हालको सीप बिक्दै आएको छ । यी चाडपर्वका अवसरमा हुने आर्जनले नै वर्षभरिको घरको नगद खर्च सञ्चय गर्नुपर्ने हुँदा यी चाडपर्व आफ्नो आर्जनका मुख्य बेला हुने गरेका कुम्हाल बताउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  १२ : ०७ बजे

शशांकले भने : कांग्रेस अब एक रहेन, विभिन्न शक्ति लागेर फुटाए

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीभित्रको फुटप्रति गम्भीर

कर्णालीका महिलामाथि लेखिएको सिर्जु शाहको ‘बैकिनी’ उपन्यास विमोचन 

काठमाडौं– सिर्जु शाहको उपन्यास बैकिनी आइतबार एक कार्यक्रमकाबीच विमोचन गरिएको

बेइजिङमा परराष्ट्र मन्त्री खनाल र नेपाली समुदायबीच अन्तरक्रिया

काठमाडौं- बालेन शाह नेतृत्वमा गत चैत १३ गते बनेको नयाँ

सिटौलाको टिप्पणी : वालेन्द्र डरले संसद्‍मा जवाफ दिन सक्दैनन्, साथी पठाउँछन्

काठमाडौं- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री वालेन्द्र शाहको व्यवहारलाई

गगन-विश्वलाई कृष्ण सिटौलाको जवाफ : यतिउति बुँदे पत्रको नाटक गर्नै पर्दैन, १० मिनेट वार्ता गरे सबै कुरा मिल्छ

विराटनगर- नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला ले पार्टीभित्रको विशेष महाधिवेशन