वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढ्यो : सम्मानित नेता खनाल « Khabarhub

वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढ्यो : सम्मानित नेता खनाल


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले वर्तमान सरकार पुँजीवादको यथास्थितिवादी बाटोमा अघि बढिरहेको बताएका छन् ।

समाजवादी सहकारी संगठन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा खनालले सरकारको नीति तथा कार्यक्रममा भूमिसुधार, कृषि क्रान्ति, राष्ट्रिय औधोगिकरणका बिषय समेट्न नसकको र पुँजीवादको यथास्थितिवादको बाटोमा हिडिराखेकाले जनतामा आक्रोश उत्पन्न भएको बताएका हुन् ।

देशको नेतृत्व दिशाहिन बन्दै गएकाले विकृति पैदा भएको उनले बताए । खनालले पहिलेदेखि स्थापित पार्टीले काम नगरेका कारण जनताको ध्यान राप्रपा र नयाँ पार्टीहरुप्रति केन्द्रीत भएको जिकिर गरे ।

अहिलेको समस्या समाधान गर्न समाजवादको यात्रा गर्नुपर्ने र त्यसका लागि आफ्नो पार्टीले विकल्प दिनसक्नुपर्ने उनले बताए । खनालले समाजवादी व्यवस्था नभएसम्म मुलुकको आर्थिक उन्नती हुन नसक्ने धारणा राखे ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  ५ : ३४ बजे

इजरायलमा सरकार गठनका लागि अरब दल र विपक्षीबीच वार्ता

काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब

पशुपति क्षेत्र विकास कोषका दीर्घसेवी कर्मचारी आन्दोलित

काठमाडौँ – नयाँ नियमावलीमार्फत खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने प्रक्रिया अघि

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई लिएर हवाई सुरक्षा सतर्कता

काठमाडौँ – भारतको आन्ध्र प्रदेश तथा विशाखापट्टनम आसपासको तटीय क्षेत्रमा प्रवेश

स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका सहमति कार्यान्वयन गर्ने सरकारको निर्णय

 काठमाडौँ  – सरकारले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रका माग सम्बोधन गर्न

नेपाल वायुसेवा निगमको काठमाडौं–दमाम उडान रद्द

काठमाडौँ- साउदी अरेबियाको सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै नेपाल वायुसेवा निगमले काठमाडौं–दमाम