चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप | Khabarhub Khabarhub

चिकित्सक कुटपिट गर्नेमाथि अनुसन्धान गर्न तीन दिन म्याद थप


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

बागमती – हेटौँडा रहेको सञ्चो अस्पतालका चिकित्सकमाथि अस्पताल हाताभित्रै कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनामाथि जिल्ला अदालतबाट अनुसन्धान गर्न आज तीन दिनको म्याद थप गरिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखी अनुसन्धान गरिने छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सञ्चो अस्पतालका चिकित्सकद्वय डा विकास थापा र डा प्रशान्त विडारीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका रमा प्रधान, रमिता प्रधान, रोहित प्रधान र अनुप प्रधानमाथि अनुसन्धान गर्नका लागि सो अदालतबाट म्याद थप गरिएको जानकारी दिइएको छ ।

कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले पीडित चिकित्सकले दिएको जानकारी र सिसि क्यमेराका आधारमा पक्राउ परेकामाथि अनुसन्धान र कारवाही हुने बताए ।

घटना विवरणअनुसार गत साउन २५ गते डेङ्गु रोगबाट सङ्क्रमित हेटौँडा–१२ का राजेश प्रधानको मृत्युको विषयलाई लिएर आक्रोशित मृतक प्रधानका आफन्तले चिकित्सकद्वय डा थापा र विडारीमाथि बुधबार हातपात तथा कुटपिट गरेका थिए ।

सञ्चो अस्पतालमा उपचार गराइरहेका डेङ्गु सङ्क्रमित राजेश प्रधानको उपचार सम्भव नभएपछि चितवन मेडिकल कलेजमा रिफर गरिएको र त्यहीँ उपचारका क्रममा मृत्यु भएका कारणले निजका आफन्तले चिकित्समाथि आक्रमण गरेका थिए ।

चिकित्सकमाथि भएको कुटपिटको विरोधमा आज हेटौँडामा रहेका सरकारी, निजी तथा क्लिनिकका चिकित्सकले आकस्मिक सेवाबाहेक उपचारका सबै सेवा ठप्प पारेका छन् । डा थापा सञ्चो अस्पतालका जनरल फिजिसियन हुन् भने डा विडारी हेटाँैडा अस्पतालका एनएस्थेसिया विभागमा कार्यरत छन् ।

यसैबीच कुटपिट गर्नेमाथि कारवाहीको माग गर्दै हेटौँडा अस्पतालका ७८ चिकित्सकले सामूहिकरूपमा सो अस्पतालका सुपरिटेन्डेन्ट डा रामचन्द्र न्यौपानेसमक्ष लिखित राजीनामासमेत दिएको डा न्यौपानेले बताए ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ८ : २६ बजे

पश्चिम नवलपरासीमा नौ खानेपानीयोजना सञ्चालनमा

नवलपरासी- बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा आठ वर्षदेखि निर्माणाधीन अवस्थामा रहेका

गाजास्थित सहायता वितरण स्थलमा अमेरिकी अधिकारी

काठमाडौं– मध्यपूर्वका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ

रोजगारी सिर्जना र आत्मनिर्भरता सीपमूलक तालिमबाटै सम्भव छ : मन्त्री खड्का

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई जलविद्युत्को केन्द्रका रूपमा

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक (तस्बिरहरू)

काठमाडौं- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक शुक्रबार

वीरेन्द्रनगरमा ३५० सिसी क्यामेरा जडान गर्न सहमति

काँक्रेविहार– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विभिन्न चोरी तथा अपराधका घटना