पाटन हाई स्कूलले मनायो शतवार्षिकी « Khabarhub

पाटन हाई स्कूलले मनायो शतवार्षिकी


२९ भाद्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

ललितपुर – ललितपुरको पाटनढोकास्थित पाटन हाई स्कूलको शतवार्षिकी भव्यरुपमा मनाएको छ । स्कूलले शुक्रबार पाटनको अशोक हलमा आयोजित एक समारोहमा १०० औँ वार्षिकोत्सव मनाएको हो ।

कार्यक्रम कूल व्यवस्थापन समितिका अध्यक्ष तथा ललितपुर महानगरपालिका वडा नं ११ का वडाध्यक्ष अरोजकुमार खड्गीको सभापतित्वमा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शैक्षिक क्षेत्रमा स्कूलले महत्त्वपूर्ण योगदान गरेको बताए ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुता युकाता, जाइकाका प्रतिनिधि, कोरियन प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस्तै स्कूलका पूर्वप्रधानाध्यापक, पूर्वव्यवस्थापन समितिका पदाधिकारी, पूर्वविद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको सहभागिता रहेको थियो ।

सो अवसरमा महानगर प्रमुख महर्जनले शतवार्षिकीका अवसरमा शुभकामना व्यक्त गर्दै भने, “विद्यालयको शतवार्षिकोत्सवको उद्घाटन गर्न पाउँदा गर्व लागेको छ । म यो विद्यालयका सरोकारवाला सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।”

उनले भूकम्पबाट क्षतविक्षत भएको विद्यालय भवन निर्माणका लागि सहयोग गर्ने जापान सरकारलाई पनि धन्यवाद ज्ञापन गरे। महानगर प्रमुख महर्जन स्कूलले आगामी दिनमा शैक्षिक क्षेत्रमा पनि फड्को मार्ने विश्वास व्यक्त गरे ।

जापानी राजदूत युकाताले कार्यक्रममा उपस्थित भएर सम्मानित हुन पाउँदा खुसी लागेको बताए । जापान सरकारले नेपालका दुई सय ४० वटा विद्यालय पुनर्निर्माणमा सहयोग गरेको भन्दै त्यसमा एक पाटन हाइस्कूल पनि भएको उनले बताए । उनले स्कूलमा राम्रोसँग पढेर नेपालको प्रेरक शक्ति बन्न पनि विद्यार्थीहरूलाई आग्रह गरे ।

विद्यालयका प्रधानाध्यापक हरिशचन्द्र गौलीले विद्यालय पुनःनिर्माणमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, कविता आदि पनि प्रस्तुत गरेका थिए । यो विद्यालय विसं। २०८१ भदौ २९ गते तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरको पहलमा स्थापना भएको हो । कक्षा १ देखि १२ सम्म अध्ययन अध्यापन हुने यो विद्यालयमा हाल एक हजार १५६ जना विद्यार्थी अध्ययनरत छन् । कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा, मानविकी र कानून संकायमा अध्यापन भइरहेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार  ९ : २६ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन