पाकिस्तानले नाका बन्द गरेपछि अफगानिस्तानमा प्रदर्शन « Khabarhub

पाकिस्तानले नाका बन्द गरेपछि अफगानिस्तानमा प्रदर्शन


२९ भदौ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगान पाकिस्तान सीमा क्षेत्रमा पर्ने टोखराम नाका बन्द भएको विरोधमा अफगानिस्तानको ननगरहार प्रान्तमा प्रदर्शनको आयोजना गरिएको छ । लगातार नाका बन्द हुँदा जनजीवन अस्तव्यस्त बनेको भन्दै स्थानीयहरुले प्रदर्शन गरेका हुन् ।

अफगानिस्तानको टोलो न्यूजका अनुसार पाकिस्तानले विभिन्न बहाना बनाउँदै नाका बन्द गरेपछि प्रदर्शनमा उत्रिनुपरेको स्थानीयले बताएका छन् । उनीहरुले अफगान एवम् पाकिस्तानी कूटनीतिज्ञहरुलाई वार्ताका माध्यमबाट तत्काल नाकामा कायम समस्याको समाधान गर्न आह्वान गरेका छन् ।

हालै पाकिस्तान अफगानिस्तान संयुक्त चेम्बर अफ कमर्शले नाका बन्द हुँदा सीमा क्षेत्रका दुबै तर्फका व्यापारीलाई १ अर्ब डलरको नोक्सान भइसकेको उल्लेख गरेको छ ।

अस्थीर सुरक्षा अवस्था रहेको अफगानिस्तान र पाकिस्तानबीचको सीमा क्षेत्रमा दुई मुलुकका सुरक्षाकर्मीबीच झडपका घटना सार्वजनिक हुने गरेको छ ।

प्रकाशित मिति : २९ भदौ २०८०, शुक्रबार  १० : ०४ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको