पिसाबको संक्रमण किन महिलामा बढी हुन्छ ? | Khabarhub Khabarhub

पिसाबको संक्रमण किन महिलामा बढी हुन्छ ?


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने कीटाणुको सङ्क्रमण नै पिसाबको सङ्क्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको सङ्क्रमण हुने सम्भावना हुन्छ। शरीरको कुनै भागमा भएको सङ्क्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको सङ्क्रमण हुने गर्छ। अहिले महिलामा यो समस्या धेरै देखिने गरेको छ। महिलामा नै किन धेरै पिसाबको सङ्क्रमण हुन्छ ? सङ्क्रमणबाट बच्न के-के कुरामा ध्यान दिनुपर्छ ? यी र यस्तै विषयमा आधारित रहेर खबरहबका लागि स्त्री रोग विशेषज्ञ डा. विनय राज भण्डारीसँग गरिएको कुराकानीको सम्पादित अंश :

महिलामा हुने पिसाबको सङ्क्रमणलाई कसरी बुझ्ने ?
सामान्य भाषामा पिसाबको सङ्क्रमणलाई पिसाबमा कीटाणु हुनु भन्ने बुझिन्छ। पुरुषको तुलनामा महिलामा नै बढी पिसाबमा इन्फेक्सन हुन्छ। किनकि पिसाबको नली (युरेथ्रा) महिलामा छोटो हुन्छ र पुरुषमा त्यसको लम्बाई १८ सेन्टिमिटर हुन्छ भने महिलामा जम्मा चार सेन्टिमिटर हुन्छ। पिसाब थैली र पिसाब बाहिर आउने नलीको ग्याप थोरै हुनाले इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ। अर्को पिसाब फेर्ने ठाउँ योनीको बाहिरी भागसँगै रहने हुनेले योनीको इन्फेक्सन र पिसाबको इन्फेक्सन एउटाले अर्कोलाई गराउने हुन्छ । त्यसले गर्दा महिलामा पिसाबको इन्फेक्सन हुने सम्भावना धेरै हुन्छ।

पिसाबको सङ्क्रमण अविवाहित र विवाहितमा धेरै कसलाई हुने हो ?
विभिन्न अनुसन्धानले यो अविवाहितमा भन्दा विवाहितमा बढी हुने देखाएको छ। महिनावारी हुने समयमा रगतसँगै कीटाणु आउने हुन्छ। त्यस्तै, धेरै समयसम्म पिसाब रोकेर राख्दा पनि इन्फेक्सन हुने सम्भावना हुन्छ। स्वच्छ र सफा शौचालयको प्रयोग गरिएन, पिसाब फेरेपछि राम्रोसँग सफा गरिएन भने पनि महिलामा पिसाबको सङ्क्रमण धेरै हुन्छ। विवाहित महिला यौनिक रूपमा सक्रिय हुने भएकाले पिसाबको संक्रमणको सम्भावना धेरै हुन्छ।

पिसाबको सङ्क्रमण हुँदा देखिने लक्षणहरू के के हुन ?
पिसाबको सङ्क्रमण भएको अवस्थामा कुनै बेलामा लक्षण देखिन्छ कुनै अवस्थामा कुनै लक्षण नै नदेखी पनि हुनसक्छ। लक्षण देखिनेमा पिसाबको सङ्क्रमण हुँदा तल्लो पेट दुख्ने, पिसाब फेरेपछि दुख्ने वा पोल्ने, पिसाब फेरेपछि फेरि जान मन लाग्ने, छोटो छोटो समयमा पिसाब फेर्नुपर्ने तर पिसाब फेर्दा थोपा थोपा मात्र आउने हुनसक्छ। कहिलेकाहीँ पिसाबमा रगत देखा पर्ने, राति तीन चार पटक पिसाब गर्न मन लाग्ने भयो भने पिसाबको सङ्क्रमण भयो भनेर शंका गर्नुपर्छ। पिसाब फेर्न लागेको बेलामा कटक्क पेट दुख्ने, कसै कसैलाई पिसाब फेर्नु भन्दा अगाडि पनि धेरै दुख्ने हुन्छ। कसैलाई पिसाब फेरेपछि दुख्ने पनि हुन्छ। यदि धेरै नै इन्फेक्सन भएको छ भने धेरै दुख्ने पनि हुनसक्छ।

इन्फेक्सन एक व्यक्तिबाट अर्कोमा सर्छ कि सर्दैन ?
यो सर्ने रोग होइन। तर सफा पानी प्रयोग गरिएन भने, त्यो पानी इन्फेक्सन भएको व्यक्तिले प्रयोग गरेको छ र बाथरुम सफा भएन भने माध्यम बन्न सक्छ।

कस्ता महिलामा पिसाबको सङ्क्रमणको जोखिम धेरै हुन्छ ?
पिसाबको सङ्क्रमण प्रयास धेरै जनासँग यौन सम्पर्क राख्ने व्यक्ति, गर्भवती, चिनी रोग भएका महिलामा सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। त्यस्तै, एचआइभी भएका तथा लगातार भाइरल सङ्क्रमण भएका महिलामा पनि पिसाबको सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। यसबाहेक धेरै यान्टिबायोटिक लिनुपर्ने अवस्थामा पनि पिसाबको सङ्क्रमण हुनसक्छ। सरसफाइमा उचित ध्यान नदिने, धेरै दिनसम्म एउटै भित्री कपडा प्रयोग गर्नेलाई पनि यसको जोखिम धेरै हुन्छ। त्यसैगरी मिर्गौला, पिसाब नली र पिसाब थैलीमा पत्थरी भएकालाई पनि यो समस्या हुनसक्छ।

समयमा नै यसको उपचार गरिएन भने कस्तो असर गर्छ ?
लक्षण देखिएपछि यसको उपचार गरिएन भने अरु समस्या निम्त्याउँछ। जसमा सबैभन्दा पहिला पिसाबमा भएको इन्फेक्सन सर्दै गएर मिर्गौलामा गएर असर गर्छ यसलाई पाइलोनेफ्राइटिस भनिन्छ। पछिपछि हनहनती ज्वरो आउने, कोख दुख्ने हुन्छ। त्यसबाट रगतमा जान सक्छ, त्यसलाई युरो सेप्सिज भनिन्छ, त्यसले शरीर भरी ज्वरो फैलाउन सक्छ। पिसाब थैली र युरेथ्राको ठाउँमा मात्रै कीटाणु सीमित भयो भने महिना महिनामा समस्या दोहोरिन सक्छ । पछि गएर मिर्गौलाले नै काम नगर्ने हुन्छ। पाठेघरको छेउ छेउमा र ट्युबमा फैलिने डर हुन्छ। त्यसैले यसको समयमा नै उपचार गराइहाल्नु पर्छ।

पिसाबको सङ्क्रमणबाट कसरी बच्ने ?
पिसाबको सङ्क्रमणबाट बच्नको लागि सबैभन्दा पहिला महिला पुरुष दुवैले सरसफाइमा विशेष ध्यान दिनुपर्छ। पिसाब धेरै समयसम्म रोक्नु हुँदैन। डेढ दुई घण्टाको फरकमा पिसाब फेर्नुपर्छ। पानी प्रशस्त मात्रामा पिउनुपर्छ। तर, त्यसो भन्दैमा एकै पटक धेरै पानी पिउनु पनि हुँदैन। ५, ६ लिटर पानी एकै पटक पिउँदा मिर्गौलालाई भारपर्छ यसले झनै असर गर्न सक्छ। पटक पटक गरेर एक दिनमा तीन लिटर पानी पिउने गर्नाले सङ्क्रमणबाट बच्न सकिन्छ। आफूले प्रयोग गर्ने शौचालय सधैँ सफा राख्ने, महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्ने, पिसाबमा केही समस्या हुने बित्तिकै अस्पताल जाँदा पनि पिसाबको सङ्क्रमणबाट जोगिन सकिन्छ।

यस्तो कुनै पनि समस्या नहोस् भनेर के के कुरामा ध्यान दिने ?
यसको लागि सबैभन्दा पहिला हाइजिन मेन्टेन गर्ने र लामो समयसम्म पिसाब धेरै नरोक्ने वा डेढ दुई घण्टाको फरकमा पिसाब गर्ने गर्नुपर्छ। पानी प्रशस्त पिउनु पर्छ। तर ५,६ लिटर एकै पटक पिउँदा मिर्गौलालाई भारपर्छ र झनै असर गर्छ। त्यसैले समय समयमा तीन लिटर पानी एक दिनमा पिउने। आफूले प्रयोग गर्ने बाथरुम सधैँ सफा राख्नु पर्यो। महिनावारीको समयमा प्रयोग गर्ने कपडा तथा प्याड समय समयमा फेर्नुपर्छ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ७ : ०१ बजे

शुक्लाफाँटा निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर जमिन अतिक्रमण

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको ५१४ दशमलव ३१ हेक्टर क्षेत्रफल

करिब २ सय ६८ किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-१७ र २० को सिमानास्थित चुम्पुले खोलाको जंगलबाट अवैध लागूऔषध

गणतन्त्रभन्दा उत्तम व्यवस्था अरु छैन : मुख्यमन्त्री बानियाँ

पाटन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आम नागरिकको हितका लागि

ओलीको प्रश्न : संविधानले नचिन्ने यो सरकार कसको हो ? न दलको न जेन-जीको ?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार कसको

‘ग्लोबल डे अफ एक्शन’का अवसरमा जलवायु न्यायको मागसहित नेपालभर आवाज (तस्बिरहरू)

काठमाडौं– हरेक वर्ष मनाइने’ग्लोबल डे अफ एक्शन’का अवसरमा नेपालभरका अग्रपंक्तिमा