तुलसीमा जल किन चढाइन्छ ?  | Khabarhub Khabarhub

तुलसीमा जल किन चढाइन्छ ? 


२८ आश्विन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्ममा तुलसीको बिरुवालाई निकै महत्व दिइएको छ । तुलसीको बोटलाई देवीको साक्षात् रूप अर्थात् धनकी देवी लक्ष्मीको दर्जा पनि दिइएको छ ।

तुलसीलाई जीवनमा कुनै आर्थिक समस्या चलिरहेको बेलामा माता लक्ष्मीका रुपमा तुलसीको बिरुवाको पूजा गर्दा अवश्य लाभ मिल्छ भन्ने मान्यता पनि हिन्दु धर्मावलम्बीहरूको रहेको छ ।

घरमा तुलसी रोप्नु धार्मिक दृष्टिले मात्र नभई वातावरणीय दृष्टिकोणले समेत लाभदायक मानिन्छ । यसले वातावरण शुद्ध रहनुका साथै ज्ञान, विवेक, सुख, सम्पत्ति तथा स्वास्थ्यमा वृद्धि हुन्छ । जुन घरमा तुलसी हुन्छ, उक्त घरमा सुख, शान्ति हुनुका साथै स्वास्थ्य सम्बन्धी समस्या नहुने बताइन्छ ।

त्यसै कारण तुलसीमा बिहान उठ्ने बित्तिकै जल चढाउने गरेको देखिन्छ । यसले घरमा सकारात्मक उर्जा प्रवाह गराउनका साथै स्वास्थ्य पनि राम्रो हुन्छ ।

बिहानको स्नान पश्चात्‌ तामाको भाँडामा जल भरेर त्यसमा तुलसीको पत्तामा राखी यसलाई घरको मूलढोका र घरको चारै तिरका सबै कोठामा छर्किँदा घरको नकारात्मक उर्जा नष्ट हुन्छ ।

तुलसीको मठको तीन पटक परिक्रमा गरी जल अर्पण गर्दा उक्त घरमा सुख शान्ति छाउनुका साथै रोग ब्याधी कम हुने पनि जनविश्वास रहेको छ ।

तुलसीलाई जल अर्पण गर्दा ‘महाप्रसाद जननी, सर्व सौभाग्यवर्धिनी अधिक व्याधि हर नित्यम्, तुलसीत्वम नमोस्तुते’ मन्त्र जप गर्नु उपयुक्त हुन्छ ।

धार्मिक शास्त्र अनुसार तुलसीमा आइतबार जल चढाउनु हुन्न । आइतबार तुलसीले भगवान विष्णुका लागि निराहार व्रत बस्ने भएकाले यस दिनमा तुलसीमा पानी हाल्दा ध्यान भंग हुने भएकाले पानी हाल्न नहुने मान्यता छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ६ : ३६ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास